• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

जुत्ताको विषयमा विवादमा फसे यी अष्ट्रेलियाका ब्याट्सम्यान, आईसीसीले कडा कारबाही गर्नसक्ने



एजेन्सी । अष्ट्रेलियाले डिसेम्बर १४ अर्थात आजदेखि पाकिस्तानसँग तीन खेलको सिरिज खेल्दैछ । यस्तो अवस्थामा सिरिजअघि अस्ट्रेलियाका ओपनर उस्मान ख्वाजा आफ्नो जुत्तालाई लिएर समस्यामा परेका छन् ।

मंगलबारको अभ्यास खेलमा उस्मानको जुत्तामा ‘स्वतन्त्रता भनेको मानव अधिकार हो’ र ‘सबैको जीवन समान’ (गाजामा लडाइँमा फसेका प्यालेस्टिनीहरू) जस्ता नारा लेखिएका थिए ।

यस्तो अवस्थामा अष्ट्रेलियाली खेलाडीलाई आईसीसीको नियम अनुसार प्रतिबन्ध लगाउन सकिने समाचार वेबसाइटले जनाएको छ । यदि कुनै खेलाडी म्यासेज दिने कपडा लगाएर म्याचमा आएमा अम्पायरलाई खेलाडीलाई निष्कासन गर्ने पूर्ण अधिकार हुन्छ ।

साथै, उनलाई म्याच फीको ७५ प्रतिशत जरिवाना हुन सक्नेछ । अष्ट्रेलियाका ब्याट्सम्यानले आफ्नो इन्स्टाग्राम मार्फत गाजाका जनताका लागि आवाज उठाइसकेका छन् ।