• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी ★   सोनाक्षी र जहीर इकबालले २३ जुनमा कोर्ट म्यारिज गर्ने ★   ‘पञ्चायत ३’ की अम्मा जीले अझै गरेकी छैनन् बिहे ★   सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की ★   गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? ★   राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका ★   राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल ★   बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी ★   कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी ★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

काठमाडौं महानगरले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ ,निरन्तर अनुगमन गरिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेको छ। महानगरपालिकाले बिहीबार देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने  निर्णय पछि आज बाट जफत  गरेको हो  ।

महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन समेत गरेको थियो  ।  कामपाका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको बताउनु भयो  ।

मानन्धरका अनुसार “सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, विधि प्रक्रिया तोकिएको छ । सार्वजनिक स्थलमा धुमपान गरे त्यस स्थानबाट निकाल्ने, रु एक सयसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको एक सय मिटर वरपर बिक्रीवितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने ऐनमा व्यवस्था छ ।”

प्रवक्ता मानन्धरका अनुसार आज देखि निरन्तर अनुगमन गरिनेछ, अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका पाँच वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन् । उहाँले भन्नुभयो, “अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउँदै दुई पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुनेछ ।”

सुर्तीजन्य वस्तुको भण्डारण, बेचबिखन, प्रयोगसम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बर ०१-५९०१७६३ र ०१ ५९०१७६४ मा खबर गरेर जानकारी दिन पनि कामपाले आग्रह गरेको छ ।

चुरोट, बिँडी, सिंगार, तमाखु, हुक्का, सुल्फा, कक्कडको प्रयोगलाई धुमपान मानिन्छ । सुर्तीजन्य वस्तुमा कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने वस्तुलाई मान्ने गरिन्छ । कामपाले जारी यसैवर्ष जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ ।

ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनसक्ने, निषेध गर्नसक्ने व्यवस्था छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको कामपाको भनाइ छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन, २०६८ मा पनि यससम्बन्धी व्यवस्था छ ।  ऐनको दफा ४ मा सार्वजनिकस्थललाई परिभाषित गर्दै, शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुरेन्ट, छात्राबास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायत ठाउँ सार्वजनिक भएको उल्लेख छ ।

प्रतिबन्ध लगाएपनि अनुगमनको क्रममा काठमाडौंमा सुर्तीजन्य पदार्थ भेटिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो  ।