• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

महासमिति बैठक पुनः सार्नेकुरा भएको छैनः उपसभापति गुरुङ



काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेता डा. शेखर कोईराला—महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको छ । त्यसमा न्यायोचित हुनुपर्छ, घरिघरि अवसर पाउनेहरुले नै अवसर पाउनु हुन्न भन्ने आवाज उठिरहेको छ । सारभुत रुपमा पार्टी एक छ । महासमिति बैठक आधिकारिक रुपमा सार्ने भन्नेकुरा आएको छैन । महासमितिमा केके एजेण्डामा छलफल गर्न सकिन्छ भनेर बैठक बसेका हौँ ।’

उपसभापति गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताउनु भयो ।