२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लस साइज मोडल’ जेन दीपिका काठमाडौंमा



अ+ अ-

काठमाडौँ । मिलेको जिउडाल भएका युवतीहरू मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भन्ने वर्षौंदेखिको मान्यतालाई तोडेकी प्लस साइज मोडल जेन दीपिका ग्यारेट काठमाडौँ आइपुगेकी छन् ।

दीपिका सान साल्भाडोरमा आयोजित मिस युनिभर्सको ७२औं संस्करणको फाइनलको टप २० परेर चर्चामा आएकी थिइन् ।

गैर आवासीय नेपाली सहभागी हुन पाउने नियमका आधारमा नेपालको प्रतिनिधित्व गरेकी उनी मिस युनिभर्सजस्तो अन्तराष्ट्र्रिय प्रतियोगितामा भाग लिने पहिलो प्लस साइज मोडल हुन् ।

दीपिका मंगलबार काठमाडौं उत्रिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओढाएर फूलमालासहित उनलाई स्वागत गरे ।

दीपिका मोटोपनका कारण जीवनका चाहना रोकिनु हुन्न, निराश हुनु हुन्न र आफ्नो शरीरलाई माया गर्नुपर्छ भन्ने विचारलाई वकालत गर्दै आएकी छिन् ।