२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो ‘नर्कको ढोका’ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ



अ+ अ-

एजेन्सी । कल्पना गर्नुहोस्, यदि तपाईंलाई थाहा भयो कि संसारमा एउटा यस्तो ठाउँ छ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ । चाहेर पनि निभाउन सकिँदैन । यो रहस्य देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् ।

मानिसहरु यो ठाउँ नजिकै जान्छन् । अहिले यो पूर्ण रुपमा पर्यटकीय गन्तव्य बनेको छ । यो ठाउँ पूरै आगोले घेरिएको छ । यति मात्र होइन, यसमा लागेको आगो कुनै पनि हालतमा निभाउन सकिँदैन । यो ठाउँलाई ‘नर्कको ढोका’ पनि भनिन्छ । यसबारे वैज्ञानिकहरु अझै अनुसन्धान गरिरहेका छन् ।

यो तुर्कमेनिस्तानको उत्तर मा स्थित छ । यो पूर्णतया मरुभूमिमा अवस्थित छ। यसलाई ‘नरकको द्वार’ भनिन्छ ।

यस खाडलमा आगो बल्ने सम्बन्धमा धेरैको आ–आफ्नै सिद्धान्तहरू छन् । कतिपयले यो गोप्य ठाउँ हो भन्ने विश्वास गर्छन् । यहाँको सरकारले संसारबाट केही लुकाउन खोजेको उनीहरु ठान्छन् । यो आगलागी प्राकृतिक ग्यासबाट भएको वैज्ञानिकहरुको अनुमान छ ।

सन् १९७१ मा सोभियत संघका भूवैज्ञानिकहरूले कच्चा तेलको भण्डार खोजिरहेका थिए । यस अवधिमा उनीहरुले प्राकृतिक ग्यासको ठूलो स्रोत फेला पारे । यहाँ उत्खननका क्रममा जमिन भासिएर ठूला–ठूला खाडल बनेका छन् ।

मिथेन लिकेजको खतरा देखेर यहाँ उपस्थित वैज्ञानिकहरूले खाल्डोमा आगो लगाएका थिए । मिथेन सकिएपछि आगो निभ्ने उनीहरुको विश्वास थियो तर त्यसो भएन । तर, अहिलेसम्म यस सिद्धान्तको बारेमा ठोस प्रमाण भने फेला परेको छैन ।