२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा विवाहपञ्चमी महोत्सव आजबाट शुरु



अ+ अ-

काठमाडौँ । मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट शुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन गर्ने गरिन्छ । जनकपुरधाम क्षेत्रमा मंगलवार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल देखिएको थियो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा अराधनाका लागि श्रद्धालु भक्तजनहरु पुगेका थिए । नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । यसका साथै राम लक्ष्मणलाई मिथिला भ्रमण गराएका ऋषि विश्वामित्रको प्रतिक पात्र समेत थिए । नगरदर्शनको अवसरमा मंगलगान समेत गाइएको थियो ।

त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो ।

नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो । चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, आदिका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए । राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार समेत घुमाइएको थियो ।

राम लक्ष्मण स्वयं जनकपुरधामको नगरदर्शन गर्दा पूरै मिथिलाको वातावरण उल्लासमय बनेको थियो जानकी मन्दिरका उत्तरराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । सोही दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगरदर्शन विधि गरिएको उहाँले बताउनु भयो ।