१८ श्रावण २०८३, सोमबार
,
Latest
भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार साउनको तेस्रो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण ‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले देश र जनताको हितको पक्षमा संकल्प यात्रा तय गरेको होः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताउनुभएको छ ।

देश र जनताको हितका लागि विकासको अभियानलाई तिब्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाई थियो । मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै उहाँले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन मिशन–२०८४ पूरा गर्ने अठोट लिएको पनि दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वास्तवमा देश जाग्न पर्यो । तपाईहामी जाग्न पर्यो । जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्छ त्यसका निम्ति । यो कसैको बिरुद्ध होइन । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो । त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यक्ता छैन । यहाँहरुको सजगता हामीले यहाँ आइपुग्दा जुन पायौँ । म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु । राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आम जनतालाई अपिल र आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो ।