२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग आचार्य बालकृष्णको भेट



अ+ अ-

काठमाडौँ । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।

शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेले नेपालको मौलिक कवि भानुभक्त आचार्यको क्षेत्रमा सबै साहित्यकार र महापुरुषहरूको संस्थान बनाउने विषयमा छलफल गर्नुभएको र त्यसमा पतञ्जलीले पनि सक्दो सहयोग गर्ने आचार्य बालकृष्णले जानकारी दिनुभयो ।

साथै, पतञ्जलीले गरिरहेको कामबाट राष्ट्रपति धेरै खुसी हुनुभएकोमा आफूहरु खुसी भएको जनाउँदै आचार्य बालकृष्णले पतञ्जलीको सेवा कार्यबाट नेपालले पनि लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभएको पनि बताउनुभयो ।