• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   सेन्ट भिसेन्टमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर) ★   टी–२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य ★   अमेरिका र आयरल्याण्डको खेल वर्षाले रद्द, पाकिस्तान बाहिरियो ★   युरो कप फुटबलः आयोजक जर्मनीको विजयी सुरुवात ★   राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक ★   आज सातै प्रदेशको बजेट घोषणा हुँदै, के छन् प्राथमिकता ? ★   विश्वकप क्रिकेट: नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति

गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेकाले समाजमा साम्प्रदायिकतालाई मलजल गरिरहेको बताएका हुन् ।

‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ ’, अध्यक्ष ओलीले भने, ‘त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’

ओलीले नेपाली दाजुभाइ दिदिबहिनीहरु अनावश्यक भावनामा बगेका भन्दै त्यसले देश नबन्ने बताए । देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिने बताउदै उनले भने, ‘जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्छ । राजनीतिक विचारमा मतभेद हुनसक्छ । कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश/उत्तेजनामा होइन । सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्छ । त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्छ । एमालेको त्यो नीति छ ।’

अध्यक्ष ओलीले मिसन २०८४ एमालेको लागि नभइ देशको लागि भएको जिकिर गरे ।