२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छ: नेता रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताउनु भयो । जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने उहाँको जिकिर थियो । उहाँले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । बोल्ने शब्दहरु नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रको सुदृढिकरण भन्नुभयो, नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कसरी आयो भन्दा नेपालको सार्वभौम सत्ता रक्षा गर्नका लागि हो । दलहरु विदेशीका दलाल भए भनेर हो । म पनि सत्ताको सबैभन्दा ठूलो दलको मान्छे हो । प्रभाव मात्रै पो कम भएको त । हामीले ठोक्नुपर्‍यो भने गठबन्धनले ठोक्ने के भन्दा अरु उपाय छैन, गणतन्त्र जोगाउन भनेर हानिहाल्ने हाम्रो प्रवृत्ति भएको छ, त्यो कदाचित राम्रो होइन । म शुरुमा गणतन्त्रवादी होइन, विचारले गणतन्त्रवादी तर नेपाल गणतन्त्रको लागि तयार छैन भन्ने लाग्थ्यो ।’

‘कुन बिन्दुसम्म भन्दा १२ बुँदे समझदारी हुँदासम्म । हामीले निरंकुश राजतन्त्रको अन्त्य भनेर लेख्दाखेरी मन्त्रीज्युहरु राजतन्त्रको र हामी निरंकुशताको अन्त्यवाला हो । त्यतिबेलासम्म पनि हामी निरंकुशताको मात्रै अन्त्य गरे पुग्छ भन्ने थियो । बाहिर घुम्न थालेपछि अब नेपाल गणतन्त्रका लागि नेपाल तयार भएको बुझेको थिएँ । मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन । जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै गणतन्त्रको रक्षा हुन्छ । गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनुपर्दैन । गणतन्त्र सबैका बीचको एउटा आम चिज हो ।’

नेता रिजालले आफू २०६२/०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताउनु भयो ।

 




भर्खरै