२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छ: नेता रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताउनु भयो । जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने उहाँको जिकिर थियो । उहाँले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । बोल्ने शब्दहरु नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रको सुदृढिकरण भन्नुभयो, नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कसरी आयो भन्दा नेपालको सार्वभौम सत्ता रक्षा गर्नका लागि हो । दलहरु विदेशीका दलाल भए भनेर हो । म पनि सत्ताको सबैभन्दा ठूलो दलको मान्छे हो । प्रभाव मात्रै पो कम भएको त । हामीले ठोक्नुपर्‍यो भने गठबन्धनले ठोक्ने के भन्दा अरु उपाय छैन, गणतन्त्र जोगाउन भनेर हानिहाल्ने हाम्रो प्रवृत्ति भएको छ, त्यो कदाचित राम्रो होइन । म शुरुमा गणतन्त्रवादी होइन, विचारले गणतन्त्रवादी तर नेपाल गणतन्त्रको लागि तयार छैन भन्ने लाग्थ्यो ।’

‘कुन बिन्दुसम्म भन्दा १२ बुँदे समझदारी हुँदासम्म । हामीले निरंकुश राजतन्त्रको अन्त्य भनेर लेख्दाखेरी मन्त्रीज्युहरु राजतन्त्रको र हामी निरंकुशताको अन्त्यवाला हो । त्यतिबेलासम्म पनि हामी निरंकुशताको मात्रै अन्त्य गरे पुग्छ भन्ने थियो । बाहिर घुम्न थालेपछि अब नेपाल गणतन्त्रका लागि नेपाल तयार भएको बुझेको थिएँ । मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन । जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै गणतन्त्रको रक्षा हुन्छ । गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनुपर्दैन । गणतन्त्र सबैका बीचको एउटा आम चिज हो ।’

नेता रिजालले आफू २०६२/०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताउनु भयो ।