२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलि देओलले ‘एनिमल’ मा टाउकोमा गिलास राखेर डान्स गर्ने आइडिया कसको थियो ?



अ+ अ-

एजेन्सी । सन्दीप रेड्डी वांगा निर्देशित फिल्म ‘एनिमल’ ले मिश्रित प्रतिक्रिया पाइरहेको छ तर यसको संगीत हिट छ । समीक्षकहरूले फिल्ममा बबी देओलको अभिनयको पनि तारिफ गरिरहेका छन् ।

खासगरी इरानी गीत ‘जमाल कुडु’ मा डान्स गरेको उनको एन्ट्रीको दृश्य चर्चाको विषय बनेको छ । एक अन्तर्वार्तामा बबी देओलले यो भाइरल डान्सको आइडिया उनको आफ्नै भएको खुलासा गरेका छन् ।

भाइरल डान्समा फ्यानहरूको प्रतिक्रियाको बारेमा कुरा गर्दै बबी देओलले बलिउड स्पाइलाई भने, ‘यो पागलपन हो, मानिसहरूले आफ्नो कुकुरको टाउकोमा गिलास लगाएर नचाइरहेका छन् । कसैले मेरो जस्तै सूट लगाएको थियो । यो सबै देख्दा अचम्म लाग्छ ।’

बबी देओलले फिल्ममा अबरार हकको भूमिका निर्वाह गरेका छन् । जब बबी देओललाई टाउकोमा गिलास राखेर गरिएको अनौठो नृत्यको पछाडिको व्यक्तिको बारेमा सोधियो, उनले सुटिङ अघि निर्देशक सन्दीप रेड्डी वांगाले उनीसँग संगीत साझा गरेको खुलासा गरे । सुटिङको क्रममा, उनले पञ्जाबमा आफ्नो बाल्यकालका दिनहरू सम्झाए, जहाँ उनी टाउकोमा चश्मा लगाएर नाच्ने गर्थे, र अहिले यो एक चर्चित नृत्य चाल बन्न पुगेको छ ।

बबी देओल कसैको कदम नक्कल गर्न चाहँदैनन् । उनले थप भने, ‘त्यसपछि मलाई अचानक त्यो समय याद आयो जब म जवान थिएँ र हामी पञ्जाब जान्थ्यौँ । मलाई याद छ कि हामी कसरी रक्सी पिएपछि टाउकोमा चश्मा लगाइदिन्थ्यौं । हामीले यो किन गर्यौं भन्ने मैले कहिल्यै बुझिनँ । त्यसपछि अचानक मेरो दिमागमा यो विचार आयो र मैले त्यस्तै गरे । सन्दीप (निर्देशक)लाई यो मन पर्यो ।’

‘जमाल कुडु’ गीत इरानको खतरेह ग्रुपको इरानी गीत ‘जमाल जमालु’को रिक्रिएड संस्करण हो, जसलाई फिल्मको लागि हर्षवर्धन रामेश्वरले रिक्रिएट गरेका छन् । यस फिल्ममा रणवीर कपूर, अनिल कपूर र रश्मिका मन्दनाको पनि मुख्य भूमिका छ ।