१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० पक्राउ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को संकल्प यात्रा विथोल्न खोजेको आरोपमा प्रहरीले पूर्वमन्त्री गोपाल किराँतीसहित १० जनालाई पक्राउ गरेको छ ।

संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणा गर्दै मन्त्री किराँती हलेसीको सडकमा उत्रिनुभएको थियो । त्यसपछि प्रहरीले उहाँसहित १० जनालाई पक्राउ गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

कोशी प्रदेशको पुन:नामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। सोही घोषाणअनुसार समितिले पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

बन्द भए पनि एमालेको संकल्प यात्राको टोली उदयपुर आउनेक्रममा रहेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू सहभागी हुनुहुन्छ । प्रदेशको नाम नमान्ने घोषणा गरेको पहिचान पक्षधरले कोशीको पक्षमा बोल्ने एमाले नेतालाई निषेध गर्दे बताउँदै आएको छ ।