• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

हिमालय एअरलाइन्स् बाट काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुन: सुचारु



काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स् ले काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुन: सुचारु गरेको छ । यो सेवा बिस्तारलाईएअरलाइन्स् ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ ।

यस काठमाडौँ–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स् काे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको जनाएको छ ।

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको जनाएको छ ।
पहिलो आउटबाउन्ड उडान, H9 787, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०:०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५:५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४:२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौँमा साँझको ६:३५ मा अवतरण हुने छ ।

डिसेम्बर १२ पश्चात् एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यस रुटको पुन: सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहनाअनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एअरलाइन्स्को प्रतिबद्धतालाई अझ बढी प्रष्ट्याएको छ । आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै हिमालय एयरलाइन्स्ले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्य राख्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।