४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

हिमालय एअरलाइन्स् बाट काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुन: सुचारु

हिमालय एअरलाइन्स् बाट काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुन: सुचारु
अ+ अ-

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स् ले काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुन: सुचारु गरेको छ । यो सेवा बिस्तारलाईएअरलाइन्स् ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ ।

यस काठमाडौँ–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स् काे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको जनाएको छ ।

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको जनाएको छ ।
पहिलो आउटबाउन्ड उडान, H9 787, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०:०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५:५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४:२५ बजे काठमाडौंका लागि फिर्ती उडान छुट्नेछ र काठमाडौँमा साँझको ६:३५ मा अवतरण हुने छ ।

डिसेम्बर १२ पश्चात् एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यस रुटको पुन: सुरुवातले नेटवर्क बिस्तार तथा यात्रुहरूको चाहनाअनुरुप नै प्रत्यक्ष, भरपर्दो र आरामदायी हवाई यात्रा अनुभव प्रदान गर्ने लक्ष्यलाई प्रगाढ रुपमा अगाडि बढाउने हिमालय एअरलाइन्स्को प्रतिबद्धतालाई अझ बढी प्रष्ट्याएको छ । आफ्नो नेटवर्कमा थपिएको यो रुटसँगै हिमालय एयरलाइन्स्ले नेपाल र चीनबीच व्यावसायिक अवसर, पर्यटन र सांस्कृतिक अन्तरक्रियालाई सहजीकरण गर्ने लक्ष्य राख्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।