२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुलाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच मैत्रीपूर्ण फुटसल: सभामुख



अ+ अ-

काठमाडौँ । संसद सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ ।

मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो । प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको छ ।

फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताउनु भयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद सेवा दिवसमा स्वभाविक रुपमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर मनाउँदै छौँ । युवापुस्तालाई उत्साह गर्ने कुरा हो ।’

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताउनु भयो । उहाँले खेललाई युवा पुस्तामा प्रोत्साहन गर्दै लैजानुपर्ने बताउनु भयो । उहाँले नेताहरुले खेलाडीहरुबाट अनुशासन र टिमवर्ककको बारेमा सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको सन्दर्भ संसद सेवा दिवस, संसद सेवा अलग्गै भएको १७ औं संसद सेवा दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम भएका छन्, त्यसमध्येमा यो फुटसल प्रतियोगिता पनि एउटा हो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर मैत्रीपूर्ण खेल खेल्ने सन्दर्भ हो । देशको विकासको लागि खेल, अनुशासन र लगनशीलता व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा पनि हो । यसलाई बिस्तारै अघि बढाउनुपर्छ भनेर प्रोत्साहन मिलोस् भनेर हो । सधैँ यस्तै गर्न पाए हुन्थ्यो, अब त अलि उमेर पुग्यो, ढाडको कारणले गाह्रो हुन्छ । राजनीतिक गोल र फुटबल गोल फरक हो । खेलाडीबाट धेरै कुरा सिके राजनीति पनि सफल हुन्छ ।’

त्यस्तै उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरुका लागि महिनामा एक पटक राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सधैँ काम गर्दा मान्छेलाई प्रेसर हुन्छ, टेन्सन हुन्छ । यस्ता कार्यक्रम प्रत्येक महिनामा हुनुपर्छ । वर्षको एकदिन होइन । उत्साह दिनलाई महिनाको एक पटक हुनुपर्छ ।’

उपसभामुख रानाले सधैँ काम गर्नेहरुलाई तनाव हुने भएकाले संसद सदस्यहरुलाई वर्षको एक पटक नभइ महिनामा एक पटक यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनु भयो । खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४—० ले पराजित गरेको छ ।