११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

युवाहरुलाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच मैत्रीपूर्ण फुटसल: सभामुख

युवाहरुलाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच मैत्रीपूर्ण फुटसल: सभामुख
अ अ+ अ-

काठमाडौँ । संसद सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ ।

मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो । प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको छ ।

फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताउनु भयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद सेवा दिवसमा स्वभाविक रुपमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर मनाउँदै छौँ । युवापुस्तालाई उत्साह गर्ने कुरा हो ।’

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताउनु भयो । उहाँले खेललाई युवा पुस्तामा प्रोत्साहन गर्दै लैजानुपर्ने बताउनु भयो । उहाँले नेताहरुले खेलाडीहरुबाट अनुशासन र टिमवर्ककको बारेमा सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको सन्दर्भ संसद सेवा दिवस, संसद सेवा अलग्गै भएको १७ औं संसद सेवा दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम भएका छन्, त्यसमध्येमा यो फुटसल प्रतियोगिता पनि एउटा हो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर मैत्रीपूर्ण खेल खेल्ने सन्दर्भ हो । देशको विकासको लागि खेल, अनुशासन र लगनशीलता व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा पनि हो । यसलाई बिस्तारै अघि बढाउनुपर्छ भनेर प्रोत्साहन मिलोस् भनेर हो । सधैँ यस्तै गर्न पाए हुन्थ्यो, अब त अलि उमेर पुग्यो, ढाडको कारणले गाह्रो हुन्छ । राजनीतिक गोल र फुटबल गोल फरक हो । खेलाडीबाट धेरै कुरा सिके राजनीति पनि सफल हुन्छ ।’

त्यस्तै उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरुका लागि महिनामा एक पटक राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सधैँ काम गर्दा मान्छेलाई प्रेसर हुन्छ, टेन्सन हुन्छ । यस्ता कार्यक्रम प्रत्येक महिनामा हुनुपर्छ । वर्षको एकदिन होइन । उत्साह दिनलाई महिनाको एक पटक हुनुपर्छ ।’

उपसभामुख रानाले सधैँ काम गर्नेहरुलाई तनाव हुने भएकाले संसद सदस्यहरुलाई वर्षको एक पटक नभइ महिनामा एक पटक यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनु भयो । खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४—० ले पराजित गरेको छ ।