• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

स्वेज नहरमा फसेको ‘एभर ग्रीन’ पानी जहाज सुरक्षित निकालियो



स्वेज, इजिप्ट । स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् । 

नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् । 

म्यारिन–ट्राफिक डट कमले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा एक किनारामा धस्सिएको जहाजलाई जलमार्गतर्फ धकेल्न सफलता प्राप्त भएको देखिएको छ । 

झण्डै एक साताअघि विशाल आकारको एभर गिभेन नामको कार्गो पानीजहाज स्वेज नहरको आवातजावत नै रोक्ने गरी नहरको एक किनारालाई छोएर अड्किएको थियो । यसबाट नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो । एक अनुमान अनुसार, विश्वको कूल व्यापारको झण्डै ९ अर्ब डलर बराबरको सामान यही नहरको मार्ग हुँदै दैनिक आवातजावत हुने गर्दछ । 

यस नहरको जलमार्गबाट दैनिक कम्तीमा ३६७ वटा कार्गो पानीजहाज ओहोरदोहोर गर्दछन् । यसमा कच्चा तेलदेखि गाईवस्तु समेतका सामानको ढुवानी हुने गर्दछ । यो जलमार्ग बन्द भएपछि अन्य जहाजहरु अफ्रिकाको दक्षिणी भेगहुँदै घुमाउरो जलमार्ग प्रयोग गर्न बाध्य भएका थिए । 

एभर गिभेनलाई सोझो बनाउन १० वटा टगबोट प्रयोग गरिएको लेह एजेन्सीजले जनाएको छ । एजेन्सीजले पानीको सतहलाई पनि बढाएर दिनरात काम गरेको थियो । 

स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेरै ठूलो सफलता हासिल गरेको पुष्टि गर्नुभयो । गएराति जहाज धस्सिएको ठाउँको वरिपरिको माटो निकाल्न ड्रेजरहरु प्रयोग गरिएका थिए । तिनीहरुले करिब २७ हजार घनमिटर बालुवा र माटो हटाएका थिए । 

जहाजको सञ्चालक शोई किसेन कैसा लिमिटेडले जहाजमा कुनै क्षति नपुगेको र इन्जिनले राम्रोसँग काम गरिरहेको जनाएको छ । पनामाको झण्डा राखेको तर जापानीको स्वामित्वमा रहेको यस जहाजले एसियाबाट युरोपका लागि सामान लैजाँदै थियो । 

तैपनि, नहरको जलक्षेत्र कहिले खुल्छ भन्ने स्पष्ट भइसकेको छैन । यस मार्गबाट विश्वको कूल व्यापारको झण्डै १० प्रतिशत ओहोरदोहोर हुने गरेको छ । यही मार्गहुँदै विश्वको कूल तेलको ७ प्रतिशत ढुवानी हुने गरेको छ । 

लाखौं ब्यारेल तेल र ग्याँस यही मार्ग हुँदै पर्सियाली खाडी क्षेत्रबाट युरोप र उत्तर अमेरिका पुग्ने गरेको छ । चीनमा निर्माण भएका सामानहरु जस्तै फर्निचर, लत्ताकपडा, सुपरमार्केटका सामान यही बाटोबाट युरोप जान्छन् । यो मार्ग प्रयोग नगरेको अवस्थामा जहाजहरुले अफ्रिकी महादेशको घुमाउरो मार्ग हुँदै अर्थात् करिब ५ हजार किलोमिटर दूरी यात्रा गर्नु पर्दछ । 

विशाल पानीजहाज एभर गिभेन करिब ४०० मिटर लामो छ भने यो दुई लाख २० हजार टन वजनको छ । यस जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन जहाजमा रहेका करिब २० हजार कन्टेनर झिक्नु परेको थियो । एजेन्सी