११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक

मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
अ अ+ अ-

भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनुभयो । पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने उहाँको भनाइ थियो ।

“मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “यहाँ आउने पर्यटकको सहजताका लागि आवश्यक काम गरिरहेका छौँ । यहाँको प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गरेको छ ।”

यहाँ किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरुले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिने भएकाले पर्यटक यो पदमार्गमा पुग्ने गरेका छन् । यो पदमार्ग नेपालका सबै हिमाल एकै ठाउँबाट हेर्न सकिने स्थानका रुपमा परिचित छ ।

उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो । करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ ।

किरात राईको संस्कृति झल्कने (चिण्डो आकार) का १५ वटा पोखरी निर्माण गरिएको छ । पर्यटनलाई माथि उकास्न आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटकको आवमगन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगतरुपमा अनुगमन गरिएको उहाँको भनाइ थियो ।

“गाउँपालिकाले पयर्टकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ । तीन महिनाको अवधिमा एक लाख पर्यटक भित्रिएका छन्”, अध्यक्ष बस्नेतले भन्नुभयो, “पदमार्गमा आउने पर्यटकको सङ्ख्या बढेसँगै हामीले यहाँको व्यवस्थापनमा ध्यान दिएका छौँ । गाउँपालिकाले सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ ।”

अनुगमनपश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत गर्ने, सहज बास बस्नका लागि घरबास ९होमस्टे०लाई व्यवस्थित गर्ने, पानीको व्यावस्थापन गर्नेलगायत काम गरिने अध्यक्ष उहाँको भनाइ थियो । बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने गरेको सावा घरबास (होमस्टे) हाँस पोखरीका सञ्चालक याङमीयाङ राईले बताउनुभयो ।

प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालमाजस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायिकरण गर्न यो पदमार्गले सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।

मुन्दुम पदमार्ग राम्रो पर्यटकीय गन्तव्य रहेकाले यसले गाउँपालिको आर्थिक विकासमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुुभयो । घुम्न आउने पर्यटकको सहज यात्राका लागि गाउँपालिकासँगै सबै पक्षले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“यो पदमार्ग प्राकृतिक हिसाबले निकै सुन्दर छ”, प्रजिअ घिमिरेले भन्नुभयो, “पर्यटकको आवागमन बढेकाले उनीहरुको सुरक्षा र सहज आवतजावतका लागि ध्यान दिन आवश्यक छ । स्थलगत अनुगमनका क्रममा केही सुधार गर्नुपर्ने काम पनि देखिएको छ । हामीले आउने पाहुनाहरुको सहज यात्राका लागि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आउने पर्यटकहरुलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उहाँको भनाइ थियो । यो केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थानहरु, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरुको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो । “पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँबाट पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्ने हाम्रो लक्ष्य छ । यहाँबाट पर्यटकलाई सहज र आनन्ददायी यात्राको लागि टेवा पुग्छ । पदमार्गको थप विकासको लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ ।” रासस