• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे



काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गर्नुभयो । सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भुमिका खेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एउटा कुरा निश्चयपनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तरक्रियाको शुरुवात हो । यसको निष्कर्षमा पुर्‍याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ । म सभामुखको हैसियतले यसलाई कसरी पार्न सकिन्छ, त्यो दिशामा जानुपर्छ र जाउँ भन्नका लागि अपील गर्दछु । यसलाई प्रभावकारी पार्ने के हो भन्ने कुरा । संसद सेवा छुट्टै भइसकेपछि प्रभावकारी भएन । कमजोर हुँदै गयो भन्ने कुरा तपाई, हामीले अनुभुत गरेका छौँ ।’

‘यसको विशेषज्ञता छुट्टै हुनुपर्छ । बाहिरबाट यहाँ आउनु हुँदैन र यहाँबाट पनि बाहिर त्यसरी जाँदाखेरी यसको गुण कमजोर हुन्छ । विज्ञता, अनुभव कमजोर हुन्छ र यसलाई बलियो बनाउनुपर्छ भन्ने मान्यतामा आधारित भएर यो गरियो तर तदनुकुल व्यवहार हुन सकिरहेको छैन । विज्ञता हासिल गर्नका लागि दिनुपर्ने सुविधा, सेवाको अभावलाई परिपूर्ति कसरी गर्ने ? र यहाँ रहेकाहरुले सेवाको लागि मात्रै आउने हो कि मैले विज्ञता देशको लागि दिन्छु । गरिमामय संसद बनाउनका लागि मैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्छु भनेर मेहनत गर्ने हो ? यो पनि प्रश्न छ । संसदीय सेवालाई प्रभावकारी बनाउन अध्ययनको सुविधा, अवलोकन भ्रमण, अनुभव आदानप्रदानको कुरा । अझ बढी सुविधा दिने, सक्षम, योग्य र इमान्दार बनाउने कुरामा मैले आफ्नो ठाउँबाट खेल्ने भुमिका म जहिल्यै खेल्न तयार छु ।’

सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उहाँले संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताउनु भयो । उहाँले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मुल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताउनु भयो । उहाँले संसद सेवाका कर्मचारीहरुलाई जिम्मेवारपूर्वक काममा घट्न आग्रह पनि गर्नुभयो ।