११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

एनसेल प्रकरणमा कडा कारवाही गर्न सत्तागठबन्धन एकमत छ: अग्नि सापकोटा

एनसेल प्रकरणमा कडा कारवाही गर्न सत्तागठबन्धन एकमत छ: अग्नि सापकोटा
अ अ+ अ-

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी मोआवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएकाले गठबन्धन दल र सरकारले अध्ययन र छानविन गरेर निस्केको निष्कर्षअनुसार कारवाही गर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानविन समिति गठन गर्ने निर्णय गरेको स्पष्ट पारे । उनले भने, “एनसेलको शेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानविन गरेर कडाइकासाथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन ।”

उनले नामै नलिइकन दुर्गा प्रसाईंको आन्दोलनलाई लक्ष्य गर्दै भने, “हाल सडकमा देखिएको गतिविधि अराजक हो । यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरू सचेत रहनु पर्दछ ।” प्रवक्ता सापकोटाले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता र समानुपातिक पद्धति लोकतन्त्रको चार स्तम्भ भएकाले यसलाई कसैले हल्लाउँदैमा नहल्ने बताए । उनले थपे, “लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हो, अरू कुनै तन्त्र होइन ।”

उनले भने, “इतिहासको चक्का किमार्थ पछाडि फर्किंदैन्, फर्केको हेर्न पनि चाहन्न, लोकतन्त्रलाई विस्थापित गर्छु भनेर लाग्नु मृगतृष्णा हो ।” उनले एक प्रसंगमा भने, “हिदुत्वको नाममा वाह्य र आन्तरिक शक्तिले जनतालाई सुनियोजित ढंगले अल्मलाउने खोजेको छ, यसबाट सबै चनाखो रहन आग्रह गरे । पूर्वसभामुख सापकोटाले नेपाली जनताले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि कुनै सवाल उठाएको नभई सेवा र आर्थिक विकासको विकासमा असन्तुष्टि पोखेको र ती असन्तुष्टिलाई सम्बोधन गर्न सरकार राजनीतिक दलहरू कृतसंकल्पित रहेको उल्लेख गरे ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको चर्चा गरे ।

सापकोटाले भूकम्पपीडितलाई व्यवस्थापन गर्ने सिलसिलामा प्रधानमन्त्री प्रचण्डले असाधारण सक्रियता देखाइएको भएतापनि कर्मचारीतन्त्रले प्रधानमन्त्रीको जस्तो असाधारण सक्रियता देखाउन नसकेको र कता कता कर्मचारीतन्त्र अल्मलिएको बसेको अनुभव भएको सुनाए । उनले भूकम्पपीडितको उचित व्यवस्थापनका लागि सुदक्ष सुरक्षाकर्मी परिचालन गर्ने सरकार निर्णय त्यसैको कडीको रूपमा लिन आग्रह गरे ।

उनले भने, “वर्तमान सत्तारुढ दलहरूबीच कुनै खटपट नरहेको र यसको पछिल्लो उदाहरण एनसेल प्रसंगमा सम्पूर्ण गठबन्धनका राजनीतिक दलहरू छानविन गरेर कारवाही गर्नु पर्दछ भन्ने निष्कर्ष पुग्नु हो । ” सापकोटाले नेपाली समाजको चतुर्दिक उन्नतिका लागि समाजवादमुखी अर्थतन्त्र नै सर्वोत्तम सोपान भएको उल्लेख गर्दै कृषिको आधुनिकीकरण गरेर जनताको आर्थिक अवस्था सुधारेर सामाजिक न्यायसहितको व्यवस्था कायम गर्नु पर्ने सुझाव दिए । उनले एक बैग्लै प्रसंगमा आफू कट्टर धर्मनिरपेक्षवादी भएको र आफ्नो जीवन दर्शन नै माक्र्सवाद भएको भन्दै आफू नास्तिकतामा विश्वास गर्ने उल्लेख गरे । उनले नेपालमा कुनैपनि धार्मिक संघसंगठनलाई निषेध नगरिएको पनि स्पष्ट पारे ।