५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक उर्जा खपत कम गर्न धनी राष्ट्र अनिच्छुक



अ+ अ-

एजेन्सी । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्शन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक उर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक उर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरुले हटाउन नसकिने भन्दै आफ्नो अडान नछोडेपछि क्यानले त्यसतर्फ चासो देखाएको हो ।

जलवायु परिवर्तनमा काम गर्दै आएका नागरिक समाजहरुको विश्वव्यापी नेटवर्क क्लाइमेट क्यानले तत्काल जैविक उर्जा रोक्ने निर्णय गर्न ढिलाई भएमा जलवायु परिवर्तनजन्य समस्याहरु थपिन सक्ने चेतावनी दिएको हो । क्यानले कोइला र जैविक उर्जा अत्याधिक खपत गर्दे आएका विकसित देशहरुले शक्तिको आडमा आफू अनुकल हुनेगरी जैविक उर्जाकोे प्रयोगलाई कायमै राख्नुले गरिब मुलुकलाई जलवायु न्याय दिन नसक्ने टिप्पणी गरेको छ ।

उसले जैविक उर्जा खपतका सम्बन्धमा पेरिस सम्झौता कार्यान्वयन तथा आफ्नै प्रतिवद्धताबाट शक्ति राष्ट्रहरु पछि हट्न नमिल्ने तर्क गरेको छ । क्यानको तर्फबाट अन्तर्राष्ट्रिय पर्यवेक्षकको रुपमा सम्मेलनका सहभागी कोलिन म्याक्युस्टनले विश्व तापमा वृद्धि रोक्नका लागि तत्काल जैविक उर्जाको प्रयोग रोक्ने निर्णय गरिनुपर्ने बताउनुभएको हो । पृथ्वीको तापक्रम बढ्दै जानु र विकसित मुलुकहरुको जैविक उर्जाप्रतिको मोह नघट्नुले जलवायु न्यायमा प्रत्यक्ष प्रभाव पार्ने टिप्पणी उहाँले गर्नुभयो ।

क्लाइमेट एक्शन नेटवर्ककमा जलवायु तथा अध्ययनशिलतासम्बन्धी विज्ञ कोलिन म्याक्युस्टनले जैविक उर्जाको प्रयोग बन्द नगर्दासम्म जलवायु परिवर्तनको असरबिरुद्ध लड्न नसक्ने वैज्ञानिक तथ्यलाई ठूला देशले बेवास्ता गरेको बताउनु भयो । जलवायु परिवर्तनसम्बन्धी कोषमा उपलब्ध गराएको आर्थिक सहायताको आडमा धनी भनिएका देश जैविक उर्जाको प्रयोग घटाउन अनिच्छुक भएको बताउनु भयो ।

क्यानका अन्तर्राष्ट्रिय प्रतिनिधि कोलिनले कोप २८मा हानी नोक्शानी कोष कार्यान्वयनको सम्बन्धमा भएको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले कोष कार्यान्वयनमा लैजाने र त्यसको नेतृत्व गर्ने निकाय पनि टुंगो लागेबाट जलवायु परिर्वनको क्षेत्रमा कार्यरत सबैलाई खुशी बनाएको उल्लेख गर्नुभयो । उहाँले कोषको समान वितरणको सवालमा भने अझै पनि गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । प्राक्टिकल एक्शनका जलवायु उत्थानशील कार्यक्रम प्रमुख समेत रहेका कोलिनले जलवायुलाई सबै भन्दा बढी असर गरिरहेको जैविक उर्जाको प्रयोग कम गर्ने सवालमा कोपका सदस्य राष्ट्रहरुबाट विज्ञानलाई नै चुनौति दिने किसिमका प्रतिक्रिया आउनु दु:खद् भएको बताउनु भयो ।

जैविक उर्जा प्रयोग बन्द गर्ने विषय ग्लाल्स्को सम्मेलनमा विवादित बनेको थियो । दुबई सम्मेलन सकिन २ दिन बाँकी रहँदा यस सम्बन्धमा कुनै निर्णय भएको छैन । क्लाइमेट एक्शन नेटवर्क (क्यान)ले सबै किसिमका जैविक उर्जाको प्रयोग बन्द गर्नुपर्छ भन्दै विश्वव्यापी वकालत गर्दै आएको छ ।

यसैबीच दुबईको एक्स्पो सिटिमा जारी सम्मेलनमा जैविक उर्जा प्रयोग रोक्न माग गर्दै दैनिक प्रदर्शन भइरहेका छन् । जलवायु न्यायको क्षेत्रमा वकालत गर्दे आएका विभिन्न मुलुकका सहभागीहरुले जैविक उर्जाको प्रयोग रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

त्यसैगरी निरन्तर वृद्धि हुँदै गएको पृथ्वीको तापक्रमले मानवजीवनमा पार्ने असरका बारेमा प्रतिकात्मक रुपका प्रदर्शन पनि हुँदै आएका छन् ।

विश्व जलवायु सम्मेलन अन्तिम चरणमा प्रवेश गर्दे गर्दा सम्मेलन केन्द्र भित्र जलवायु न्यायका लागि हुने प्रर्दशनहरु प्नि बढ्दै गएका छन् ।

कृष्णा पौडेल, दुबई/न्युज एजेन्सी नेपाल