२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दीकै सबैभन्दा विलासी विवाह आयोजना गर्ने दुलहा अहिले जेलमा, जान्नुहोस कारण



अ+ अ-

एजेन्सी । मेडेलिन ब्रोकवे र ज्याकब लाग्रोनको विवाहलाई ‘शताब्दीको सबैभन्दा विलासी विवाह’ भनिएको थियो । यस विवाहमा भएको खर्चको बारेमा थाहा पाएपछि मात्र यो विवाहलाई शताब्दीको विवाह किन भनिएको हो भन्ने कुरा बुझ्न सकिन्छ । यसको अनुमानित लागत ५६ मिलियन (७० अर्व बढी) थियो ।

यो जोडी रातारात इन्टरनेट सनसनी बन्यो । पेरिसको भर्साइल्स प्यालेसमा पाँचदिने भव्य महोत्सवमा ‘मारून ५’ म्युजिक ब्याण्डले निजी संगीत कार्यक्रम पनि प्रस्तुत गरेको थियो । यस विवाहमा सबैजना रातभर बस्ने प्रबन्ध मिलाइएको थियो ।

दुलही मेडलिन ब्रोकवे रातारात स्टार बनिन् र मानिसहरूले उनलाई फरक चरित्रले हेरे । तर, भाइरल भएको यो भव्य विवाहमा दुलहा र दुलहीका लागि समस्या खडा भएको छ । २९ वर्षीय दुलहा ज्याकब लाग्रोनले अहिले गम्भीर आपराधिक आरोपको सामना गरिरहेका छन् ।

द न्युयोर्क पोस्टको रिपोर्ट अनुसार दुलहीले ब्रोकवेको इन्स्टाग्राम र टिकटक एकाउन्ट डिलिट गरिसकेकी छिन् । यो अचानक परिवर्तनको कारण कानूनी समस्या हो जसमा दुलहा लाग्रोन फसेको छ । ब्रोकवे जो कार डीलरशिपको एक धनी परिवारकी हुन् । अब उनको श्रीमान्को सम्भावित आजीवन कारावासको सामना उनले गर्नुपर्नेछ ।

दुलहा ज्याकब लाग्रोन विरुद्धको आरोप मार्च १४ मा टेक्सासमा भएको घटनाबाट आएको हो । वेस्टवर्थ गाउँका पुलिस अधिकारीहरूका अनुसार, लाग्रोनलाई शारीरिक आक्रमणको आरोप छ । उनीमाथि एक सरकारी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोग लगाइएको छ जुन
जुन टेक्सासमा पहिलो डिग्रीको अपराध हो ।

द न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार लाग्रोनले जानीजानी अफिसरहरूलाई शारीरिक आक्रमणको धम्की दिएको र आक्रमणको क्रममा बन्दुक प्रयोग गरेको आरोप लगाइएको छ । जेलजीवनको सम्भावनाको सामना गर्दै लाग्रोन नोभेम्बर ३० मा फोर्ट वर्थको टारन्ट काउन्टी कोर्टहाउसमा देखा परे । अदालतको फैसला भने आउन बाँकी छ ।