• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ

शताब्दीकै सबैभन्दा विलासी विवाह आयोजना गर्ने दुलहा अहिले जेलमा, जान्नुहोस कारण



एजेन्सी । मेडेलिन ब्रोकवे र ज्याकब लाग्रोनको विवाहलाई ‘शताब्दीको सबैभन्दा विलासी विवाह’ भनिएको थियो । यस विवाहमा भएको खर्चको बारेमा थाहा पाएपछि मात्र यो विवाहलाई शताब्दीको विवाह किन भनिएको हो भन्ने कुरा बुझ्न सकिन्छ । यसको अनुमानित लागत ५६ मिलियन (७० अर्व बढी) थियो ।

यो जोडी रातारात इन्टरनेट सनसनी बन्यो । पेरिसको भर्साइल्स प्यालेसमा पाँचदिने भव्य महोत्सवमा ‘मारून ५’ म्युजिक ब्याण्डले निजी संगीत कार्यक्रम पनि प्रस्तुत गरेको थियो । यस विवाहमा सबैजना रातभर बस्ने प्रबन्ध मिलाइएको थियो ।

दुलही मेडलिन ब्रोकवे रातारात स्टार बनिन् र मानिसहरूले उनलाई फरक चरित्रले हेरे । तर, भाइरल भएको यो भव्य विवाहमा दुलहा र दुलहीका लागि समस्या खडा भएको छ । २९ वर्षीय दुलहा ज्याकब लाग्रोनले अहिले गम्भीर आपराधिक आरोपको सामना गरिरहेका छन् ।

द न्युयोर्क पोस्टको रिपोर्ट अनुसार दुलहीले ब्रोकवेको इन्स्टाग्राम र टिकटक एकाउन्ट डिलिट गरिसकेकी छिन् । यो अचानक परिवर्तनको कारण कानूनी समस्या हो जसमा दुलहा लाग्रोन फसेको छ । ब्रोकवे जो कार डीलरशिपको एक धनी परिवारकी हुन् । अब उनको श्रीमान्को सम्भावित आजीवन कारावासको सामना उनले गर्नुपर्नेछ ।

दुलहा ज्याकब लाग्रोन विरुद्धको आरोप मार्च १४ मा टेक्सासमा भएको घटनाबाट आएको हो । वेस्टवर्थ गाउँका पुलिस अधिकारीहरूका अनुसार, लाग्रोनलाई शारीरिक आक्रमणको आरोप छ । उनीमाथि एक सरकारी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोग लगाइएको छ जुन
जुन टेक्सासमा पहिलो डिग्रीको अपराध हो ।

द न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार लाग्रोनले जानीजानी अफिसरहरूलाई शारीरिक आक्रमणको धम्की दिएको र आक्रमणको क्रममा बन्दुक प्रयोग गरेको आरोप लगाइएको छ । जेलजीवनको सम्भावनाको सामना गर्दै लाग्रोन नोभेम्बर ३० मा फोर्ट वर्थको टारन्ट काउन्टी कोर्टहाउसमा देखा परे । अदालतको फैसला भने आउन बाँकी छ ।