६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक: कोप २८ अध्यक्ष



अ+ अ-

एजेन्सी । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्युनिकरणका लागि भइरहेको बसहलाई चाँडो भन्दा चाँडो अन्तिम निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले प्रगति भइरहेपनि पर्याप्त र छिटो काम हुन नसकेको बताउनु भयो । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा कोप २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जलवायु परिवर्तनका मुद्दालाई गहन रुपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

आफूले समाधानका लागि सबै देशहरु तयार हुनुपर्ने चाहेको बताउनु भयो । सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्ने बताउनु भयो ।

कोप २८ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्नेछ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशहरूले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकटको समाधानको लागि काम गर्न विश्वभरबाट १ लाख १० हजार भन्दा बढी सहभागी भएका छन् ।