• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज



काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि उनी मंसिर १९ गते रमति बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।

मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरीपछि स्वास्थ्यमा सुधार भएसँगै आइतबार उनी डिस्चार्ज भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठको उपचारमा डा.अरुण मास्केसहितको चिकित्सक टोली, नर्स, सहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायतले अस्पतालमा पुगेर मन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका थिए ।