२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । यूएईमा जारी यू-१९ एसिया कप अन्तर्गत अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल २ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनायो ।

अफगाािस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेले । उनले एक सय ५२ बलमा आठ चौकाको मद्धतमा उक्त रन बनाए । यस्तै, नुमन शाहले ६०, रहिमुल्लाह जु्रमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई–दुई विकेट लिए । आकाश चन्द र दीपक कंडेलले एक–एक विकेट गिराए । नेपाललाई सेमिफाइनल यात्रा जिवित राख्न आज अफगानिस्तानलाई हराउनुपर्ने चुनौति छ ।

नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले परिाजित भएको थियो । यता अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई रोक्नुपर्ने चुनौती छ । अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।