६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज काठमाडौंमा बस्दै



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज बिहान ११:०० बजे देखि काठमाडौंमा शुरु हुने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने “भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण” सम्बन्धि राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिबेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो ।

केन्द्रीय समिती बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । दुई दिन सम्म संचालन हुने केन्द्रिय समिती बैठक भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।