२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडको बराबरी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

मड्रिडले खेलको ५३औं मिनेटमा जुड बेलिङहमको गोलबाट खेलमा सुरुवाती अग्रता लिएको थियो । यता, ६६ औं मिनेटमा एटिओर रिवालले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

योसँगै रियल १६ खेलबाट ३९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बेटिस २६ अंकका साथ सातौं स्थानमा छ ।