२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिले एनसेल शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने



अ+ अ-

काठमाडाै‌ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।

शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमवार(२५ गते) बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो । त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताउनु भयो ।

समितिले प्रधान सेनापतिलाई आगामी बुधवार(२७ गते) काठमाडौं–तराई/मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘रक्षा मन्त्रालयसँग समन्वय गरेर यही मंसिर २७ गते बुधबार प्रधान सेनापतिसहित उपस्थिति गराएर फास्टट्रयाकको सम्बन्धमा उहाँले आएर ब्रिफिङ गर्ने कार्यक्रम छ । र त्यस दिन कति गतिमा भयो ? कति रकम खर्च भयो ? कति हुँदैछ ? कुन गतिमा पुग्यो ? कहाँ जाने हो ? त्यो बारेमा प्रधान सेनापतिले राज्य व्यवस्था समितिले जानकारी गराउने कार्यक्रम भएको जानकारी गराउन चाहन्छु । २५ गते सोमवार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के–कसो भएको हो, र अहिलेको अवस्था के हो ? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गरौँ । प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र पठाउँछौँ आजै ।’

सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।