२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो एक सातामा नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक  दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ । अघिल्लो साता  १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३१ कम्पनीको  १ करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो ।

साताको दोस्रो कारोबार सोमबारको दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो । आईतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने वृद्धि भएको थियो । मंगलबार नेप्से १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको थियो । मंगलबार कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

साताको बुधबार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदाको दिन नेप्से कारोबार पनि बन्द हुन्छ । त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले सम्पति बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ ।