२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ ।

विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौंँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन तथा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा सो कक्षा सञ्चालन गरेको हो ।

रिमोट सेन्सिङ प्रविधिका माध्यामबाट हिउँ र हिमनदीको स्थलगत अध्ययन हुने सो कक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २५ विद्यार्थी सहभागी छन् । विज्ञ प्राध्यापकबाट आजदेखि आगामी पुस १ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने कक्षामा सहभागी विद्यार्थीमध्ये नौ जना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीको तत्कालीन अध्ययन गरी फर्किएका छन् । कक्षामा भारतका दुई, पाकिस्तानका एक, भुुटानका एक र थाइल्याण्डका एक विद्यार्थीसमेत संलग्न छन् ।

कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन यस कक्षाबाट अन्य विभागसमेत प्रोत्साहित हुनुपर्ने बताउनुभयो ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा विनिल अर्यालले अन्तरदेशीय शैक्षिक सहकार्यमार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात सञ्चालन गरी कक्षाबाट विद्यार्थी थप लाभान्वित हुने बताउनुभयो ।

आइआरडीका प्रतिनिधि डा प्याट्रिक वागनोन र डा एडिना राकोभिटानुले विद्यार्थीलाई कक्षामा आफ्नो उत्सुकतासम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गर्नुभएको थियो । विभागका प्रमुख प्रा डा दीपक अर्यालले सो कक्षा सञ्चालनले विद्यार्थीमा अध्ययन र अनुसन्धानप्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउनसमेत सफल भइरहेको बताउनुभयो । रासस