२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका पठाईदिन्छु भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले अमेरिका पठाईदिन्छु भन्दै रकम ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाईदिन्छु भन्दै पटक पटक ठगी गर्ने कैलाली टिकापुर घर भई हाल कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपाने पक्राउ परेका हुन् ।

न्यौपानेले गणेश अधिकारी समेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति पैतालीस लाख रुपैयाँ लाग्छ भनि पटक पटक रकम ठगि गरेका थिए । पीडितहरुबाट पटकपटक चौँसठ्ठी लाख पैतालीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका रमेशलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहिबार नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरेको हो ।

गिरोहलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।