५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका पठाईदिन्छु भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले अमेरिका पठाईदिन्छु भन्दै रकम ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाईदिन्छु भन्दै पटक पटक ठगी गर्ने कैलाली टिकापुर घर भई हाल कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपाने पक्राउ परेका हुन् ।

न्यौपानेले गणेश अधिकारी समेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति पैतालीस लाख रुपैयाँ लाग्छ भनि पटक पटक रकम ठगि गरेका थिए । पीडितहरुबाट पटकपटक चौँसठ्ठी लाख पैतालीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका रमेशलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहिबार नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरेको हो ।

गिरोहलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।