५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि



representative photo of child marriage
अ+ अ-

ढाका । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ।

अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्याङ्क देखिएको छ । बङ्गलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैङ्गिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरू लगायतका कारणले बालविवाह गर्न वाध्यता सृजना भएको आईआरसीले उल्लेख गरेको छ ।

अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको बृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ ।

यस्ता विभिन्न किसिमका कारणहरू सृजित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्याङ्कन गरिरहेको र जलवायु परिवर्तन र जलवायु(प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोत समेत परिचालन गरिरहेको बताएको छ ।

आईआरसी बङ्गलादेशकी निर्देशक हसिना रहमानले भन्नु भएको छ( आज बङ्गलादेशमा विहाह योग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ भने, २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेर अघि नै विवाह हुने गरेको पाइएको छ ।

‘यद्यपि, खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, र बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूको लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ,’ निर्देशकले भन्नु भएको छ ।

यसै बीच आईआरसीले जलवायु परिवर्तन सृजित समस्याहरूलाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल सङ्कटलाई सम्बोधन गर्न सरकार, दाताहरू र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगको लागि आह्वान समेत गरेको छ।