३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ६ जना कारागारबाट रिहा भएका छन् ।

उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै तोकेको धरौटी रकम बुझाएर ५ जना र एक जना साधारण तारेखमा रिहा भएका हुन् ।

धरौटी तिरेर रिहा हुनेमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी रहेका छन् भने आशिष बुढाथोकी साधारण ताखेरमा छुटेका छन् ।

मङ्सिर १५ मा उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने थुनामै छन् । रिजालले अदालतले तोकेको १५ लाख धरौटी नबुझाएको कारण थुना मै छन् ।