१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सौन्दर्य उद्योग नै सटर बन्द गरेर बन्द गर्न अवस्था आएको छ : कमला श्रेष्ठ

सौन्दर्य उद्योग नै सटर बन्द गरेर बन्द गर्न अवस्था आएको छ : कमला श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । सरकारको गलत नीतिका कारण नेपालको सौन्दर्य उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको सौन्दर्य व्यवसायीहरुले बताएका छन् । 

पछिल्लो समय विदेशी वस्तु आयात बढेकाले तरलता अभाव भएको भन्दै सरकारले विलासिताका वस्तुको सूचिमा सौन्दर्य व्यवसायमा प्रयोग हुने बस्तु राख्दै त्यस्ता समान आयातमा एक महिना अगाडिदेखि रोक लगाएको छ । सरकारले सौन्दर्य व्यवसायीहरुसँग समन्वय बिना आयात रोक्ने नीति ल्याएको भन्दै सौन्दर्य व्यवसायीहरुले सौन्दर्यका सामान आयात बन्द हुँदा समग्र उद्योग नै बन्द हुने अवस्थामा पुगेको बताएका छन् । सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले कोरोना महामारीको कारण विगत तीन वर्ष देखि थला परेको नेपालको समग्र सौन्दर्य उद्योग नै सटर बन्द गरेर बन्द गर्न अवस्था आएको बताउनु भयो । उहाँले सरकारले विगत ५५ वर्षदेखि विदेशबाट आयात गरिएका वस्तुबाट मात्रै  उद्योग चलेको विषय अध्ययन बिना नीति बनाउँदा समस्या निम्त्याएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले आयातलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन तर ५५ वर्षदेखि सौन्दर्य उद्योगमा विदेशी सामानको हाबी भएको अवस्थामा सौन्दर्यका सामान आयातमा सरकारले रोक लगाउनु गलत नीति भएको बताउनु भयो । उहाँले नेपालमा सौन्दर्य उद्योगका लागि सामानको उत्पादन अहिलेसम्म नभएको सबै विदेशकै भर पर्नुपर्ने अवस्था रहेको बताउनु भयो । लामो समय सौन्दर्यका लागि प्रयोग हुने सामानको आयात रोकिए सौन्दर्य उद्योग नै बन्द हुने जिकिर गर्नु भयो । सरकारले यस्तो नीति बनाउँदा व्यवसायीसँग नीतिको प्रभावको विषयमा जानकारी लिनु पर्ने बताउनु भयो ।   

अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘सरकार समय समयमा आफैँ नीति ल्याउँछ । उसले केको लागि नीति ल्याउँछ हामीलाई थाहा नै हुँदैन । सौन्दर्य व्यवसायमा प्रयोग हुने वस्तु विलासिताको वस्तु भनेर आयातमा रोक लगाएको छ । ठिक छ विलासिताको वस्तु हो । तर, समग्र व्यवसाय आयातकै भरमा ५५ वर्षदेखि चलेको उद्योग हो । ५५ वर्षदेखि विदेशबाट नै आयात गरिएको समानबाट सौन्दर्य उद्योग चलाएका छौँ । सरकारले आयात बन्द गर्नु भनेको नेपालमा नै त्यस्ता वस्तु धेरै उत्पादन हुन लागेको हो ? मैले आयातलाई प्राथमिकता दिनुपर्छ भनेको होइन्। तर , हाम्रो उद्देश्य भनेको नेपालमा भएका प्राकृतिक जडिबुटीबाट राम्रो उत्पादन गर्न सक्छौँ । सौन्दर्य उत्पादनमा नेपालमा सम्भावना अथाहा छ । तर उत्पादनसँग जोड्नको लागि राज्यले पनि लगानी लगाउनु पर्छ । नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिएर नेपाली उत्पादनको खपत बढाउनु पर्छ । अहिले विदेशी सामानको खपत हाबी रहेको छ । अन्य कुनै उपाए नभएको अवस्थामा आयात बन्द गरेपछि सौन्दर्य व्यवसाय बन्द हुने अवस्थामा छन् । किनकी नेपालमा त्यस्ता सामानको उत्पादन रहेको छैन । खपत, बजार समेत छैन । राज्यको यस्तो नीतिले सौन्दर्य व्यवसायी छटपटिमा परेका छन् । लामो समय आयात रोकिए सौन्दर्य उद्योग नै बन्द हुन्छ। अहिले यो उद्योग चलाउनको लागि शुन्य लेभलबाट नै विदेशबाट सामान आयात गर्नुपरेको छ भने सबै बन्द गरेर सरकारले के गर्ने खोजेको छ । अब सौन्दर्य व्यवसायीले सटर बन्द गर भन्न खोजेको हो । विलासिताको वस्तु भनेर मात्रै हुँदैन । सरकारले नीति बनाउँदा सम्बन्धित क्षेत्रसँग समन्वय गर्नु पदैन । सरकारले निर्णय गर्दा वास्तविकता हेर्नु पर्छ । तर सरकारले वास्तविकता भन्दा बाहिरबाट व्यवसायीसँग छलफल बिना नीति ल्याएर हुँदैन । सरकारले तरलताको समस्या समाधान गर्नको लागि यस्तो नीति ल्याउन लागेका छाँै यस्तो नीति ल्याउँदा कस्तो समस्या पर्छ भनेर छलफल गर्नु पर्छ ।’

अध्यक्ष श्रेष्ठले नेपालको सौन्दर्य व्यवसाय सरकारको कारण छाँयामा परेको बताउनु भयो । उहाँले सौन्दर्य उद्योगले पाँच लाख भन्दा बढी मानिसलाई रोजगारी दिएको तथा वार्षिक अबौँ राजश्व बुझाउने उद्योगलाई राज्य उपेक्षा गरेको बताउनु भयो । कोरोनाबाट सबै भन्दा धेरै प्रभावित क्षेत्र भए पनि राज्यको ढोका बारम्बार ढकढकाउँदा समेत कुनै पनि राहत तथा सहुलियत समेत नदिएको आरोप अध्यक्ष श्रेष्ठले लगाउनु भयो ।

उअध्यक्ष श्रेष्ठले भन्नुभयो,‘ नेपालको सौन्दर्य व्यवसाय सरकारको अत्यन्तै छाँयामा परेको व्यवसाय हो । नेपाल उद्योग वाणिज्य महासंघमा म आफू सदस्य भएर गएपछि मात्रै सौन्दर्य व्यवसायको पहिचान भएको हो । त्यहाँ गएपछि मात्रै सौन्दर्य व्यवसायले राज्यलाई कस्तो योगदान दिएको रहेछ । कति राजश्व बुझाउँछ । लाखौ मानिसहरुलाई रोजगारी दिएको ठूलो उद्योग रहेछ भन्ने बनाएको हो । राज्यलाई सौन्दर्य व्यवसायीले कोरोना महामारीको समयमा व्यवसाय बन्द रहेको अवस्थामा समेत राज्यलाई राजश्व बुझाएको छ । राज्यले ठूला व्यवसायीहरुले मात्रै राजश्व तिरेको देख्ने तर साना सौन्दर्य व्यवसायीहरुले राजश्व तिरेको देख्दैन । शंकटको अवस्थामा समेत राज्यले सौन्दर्य क्षेत्रमा उपेक्षा गरेको छ । सहुलियत तथा राहतको लागि राज्यका ढोका ढक्ढकाउँदा समेत सरकारले केही सहयोग भएन । त्यसैले राज्यको मुख ताक्ने भनेर राज्यलाई उल्टो हामीले सहयोग गरिरहेका छौँ । राज्यले कुनै पनि पक्षबाट सौन्दर्य क्षेत्रलाई हेरेको छैन । राज्यसँग आशा गर्ने ठाउँ पनि छैन् । व्यवसायीहरुले आश गर्ने गरेका छैनौँ । यो क्षेत्रले हजारौ मानिसलाई रोजगारी दिएको छ । हजारौलाई तालिम दिएर विदेश जानबाट रोकेका छौँ । आफ्नै मुलुकमा आफ्नो सिप देखाएर आर्जन गर्न सक्ने बनाएका छाँै । यस्तो गर्दा समेत राज्यले यो व्यवसायलाई उपेक्षा गरेको छ । राज्यले सौन्दर्य व्यवसायलाई उपेक्षा गर्न पाउँदैन ।’

त्यस्तै अध्यक्ष श्रेष्ठले सौन्दर्य उद्योग कोरोना महामारीको कारणले विगत तीन वर्ष देखि अपाङ्ग भएको बताउनु भयो । उहाँले कोरोना महामारीको कारण सिथिल बनेको सौन्दर्य उद्योग पहिलेकै अवस्थामा पुग्न अझै पाँच वर्ष लाग्न सक्ने बताउनु भयो । अहिले पनि कोरोना महामारीको तेस्रो भेरियन्टको कारण ग्राहक नै आउन छाडेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘ कोरोना महामारीको कारण विगत तीन वर्षदेखि सबै भन्दा बढी शंकटमा परेको क्षेत्र नै सौन्दर्य हो । तीन वर्ष देखि नेपालको सौन्दर्य क्षेत्र अपाङ्ग जस्तै भएको छ । अहिलेसम्म यो क्षेत्रले घुँडा टेकेको अवस्था छ । सौन्दर्य व्यवसायमा चार लाख भन्दा बढी आवद्ध भएको क्षेत्र हो । सबै जिल्लामा समेत फैलिएको र राज्यलाई सौन्दर्य क्षेत्रले राम्रो राजश्व बुझाएको छ । त्यस्तै यो व्यवसायले सिपको विकास गरेर रोजगारीको अवसर दिने काम गरेको छ । तर तीन वर्ष देखि यो क्षेत्र धरासाय नै बन्दै गएको छ । जुन कोरोना महामारीमा अन्य क्षेत्र खुल्ला हुँदा यो क्षेत्र बन्द नै अवस्थामा रहेको थियो । कोरोना महामारीको कारण थला परेको क्षेत्र बिस्तारै माथि उठ्न लागेको छ । तर, पहिलेकै अवस्थामा सौन्दर्य व्यवसाय जानको लागि अझै पाँच वर्ष लाग्न सक्छ । करिव एक वर्षदेखि केही आश जगाएको थियो तर अहिले कोरोनाको तेस्रो भेरियन्टले अहिले व्यवसाय ठप्प जस्तै रहेको छ । यस्तै धेरै समस्याहरु रहेका छन्। राज्यले यो क्षेत्रलाई गम्भीर रुपमा लिएको छैन । अहिले ग्राहकहरु पनि पालरमा आउन डराएको अवस्था छ । यसरी अहिले पनि सौन्दर्य व्यवसाय संकटग्रस्त नै छ । मुख्य कुरा ग्राहक आउने हो अहिले ग्राहक र व्यवसायी नै डराएको अवस्था छ ।’

अध्यक्ष श्रेष्ठले सरकारले सौन्दर्यको लागि प्रयोग हुने सामान आयातमा लगाएको प्रतिवन्ध सरकारले तत्काल खुला गर्नुपर्ने बताउनु भयो । आयात बन्द नै गर्ने भए सरकारले नेपालमा नै सौन्दर्य सामग्री उत्पादनको लागि आवश्यक नीति बनाएर लगानी गर्नुपर्ने बताउनु भयो ।