६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आवमा नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण



अ+ अ-

काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । 

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१÷२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ”, प्रतिवेदनमा भनिएको छ । 

कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजश्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।