४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनगणनामा प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुको जोड

जनगणनामा प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुको जोड
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सहि तथ्याङ्क आउनका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावि कार्ययोजनाको सम्बन्धमा छलफल गर्दै सांसदहरुले विभिन्न कारणले तथ्याङ्क सहि आउन नसक्ने भन्दै सहि तथ्याङ्कका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन् । सांसद कोमल वलीले पछिल्लो समय हिन्दु धर्मप्रति बायसनेस देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ यर्थाथ रुपमा जनगणनाबाट आउनुपर्ने बताउनुभयो । क्रिश्चियन धर्मावलम्बीको संख्या बढेको अथवा घटेको सम्बन्धमा वास्तविक तथ्याङ्क आउनुपर्ने पनि बताउनुभयो ।

सांसद विमला पौडेलले जनगणनाको कामका लागि राष्ट्रिय योजना आयोगको मात्रै नभई सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनगणनालाई सफल बनाउनको लागि सांसदहरुको पनि भूमिका हुनुपर्ने र सांसदहरुलाई पनि परिचालन गर्नुपर्ने बताउनुभयो ।

सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था के कस्तो रहेको छ सहि तथ्याङ्क आउनुपर्ने बताउनुभयो । सेवा क्षेत्रको विकास कसरी भइरहेको छ, कृषिको अवस्था कस्तो छ र नेपालमा गरिबीको अवस्था कस्तो छ यि सबै विषय जनगणनामा समेटिनुपर्ने पनि उहाँले बताउनुभयो । त्यसैगरी बोक्सी प्रथा, दाइजोप्रथा, बालविवाह, छाउपडी प्रथा लगायतका विभिन्न सामाजिक कुप्रथाहरुको पहिचान गरिनुपर्ने पनि बताउनुभयो । सामाजिक कुप्रथाको पहिचान गर्न सके सामाजिक रुपान्तरणमा सहयोग पु¥याउने उहाँले बताउनुभयो । 

सांसदहरुले जनगणनामा सहि तथ्याङ्क आउनका निम्ति गणकहरुको भूमिका र सक्रियता प्रमुख हुने भएकाले गणकहरुलाई सहि ढङ्गले सूचना सङ्कलनमा खटाउनुपर्ने मत राखेका छन् । तथ्याङ्क संकलन गर्दा गोपनियता कायम गर्नुपर्ने विषयमा पनि सांसदहरुको जोड छ ।