२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपालमा दोस्रो चरणको कोरोना फैलने खतरा रहेकाले यी कुरामा ध्यान दिऔँ

नेपालमा दोस्रो चरणको कोरोना फैलने खतरा रहेकाले यी कुरामा ध्यान दिऔँ
अ अ+ अ-

काठमाडौं । छिमेकी राष्ट्रहरु विशेषगरी भारतमा दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको दोस्रो चरणको खतरा रहेको विज्ञहरु बताउँछन् । 

बुधबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै चिकित्सक विराज कर्माचार्यले गएका केही हप्तामा हाम्रा छिमेकी राष्ट्रहरुमा देखिएको बढ्दो कोरोना संक्रमणले नेपालमा पनि खतरा बढेको बताउनुभएको छ । 

यस्तै उहाँले हाम्रो देशमा पनि दास्रो चरणमा संक्रमण फैलिने सम्भावना रहेकाले हामी सतर्क रहन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "यति भन्दैमा हामी डराउनुपर्दैन तर चनाखो भने हुनुपर्छ । पहिलो चरणको संक्रमणको रोक्नमा हामी जसरी सफल रह्यौँ त्यसरी नै दोस्रो चरणको संक्रमण आएमा त्योभन्दा पनि सफल हामी हुन सक्छौं ।" 

यस्तै डा. कर्माचार्यले यदि दोस्रो चरणको संक्रमण आएमा सबैभन्दा पहिले जेष्ठ नागरिकलाई जोगाउनुपर्ने र त्यसपछि दिर्घ रोगी एवं गर्भवती महिलालाई जोगाउनुपर्ने बताउनुभयो । जिम, विद्यालय, कार्यालय, यातायात, भोजनालय, अस्पतालजस्ता स्थानहरुमा जनस्वास्थ्यका प्रावधानहरु अपनाउनुपर्ने उहाँको भनाई छ । 

यस्तै सकभर भिडभाड कम गर्ने, मिलेसम्म भेन्टिलेसनको राम्रो व्यवस्था गर्ने, एकैठाउँमा भेला भइराख्न पर्दैन भने ती कुराहरु कम गरेर पनि संक्रमणमा नियन्त्रण ल्याउन सकिने उहाँले बताउनुभयो । 

यस्तै उहाँले विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने, स्वास्थ्य सेवाहरु तयारी अवस्थामा राख्ने, परीक्षणको क्षमता वृद्धि गर्ने, जनस्वास्थ्यको मापदण्ड लागु गरेर पनि दोस्रो चरणबाट हुने क्षतिलाई ज्यादै न्युनीकरण गर्ने सकिने बताउनुभयो ।