२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रधानमन्त्री हुन्न भन्दा पनि देउवाकै विरोध किन ?

प्रधानमन्त्री हुन्न भन्दा पनि देउवाकै विरोध किन ?
अ अ+ अ-

संसद विघटनको मुद्दा विचाराधीन रहेका बेला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा पुगेर भनेका थिए– नेपाली काँग्रेसले संस्थागत रुपमा नै संसद पुनस्र्थापनाको पक्षमा आन्दोलनको घोषणा गरोस्, संसद विघटन गर्ने ओली सरकारको कडा आलोचना गरोस् । 

उनले यतिमात्र भनेनन् कि आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको ओलीसँग हिमचिम रहेको, संवैधानिक परिषदमा नियुक्तिमा पनि उनी प्रधानमन्त्री केपी ओलीसँग मिलेकोले संसद पुनस्र्थापनाका पक्षमा देशव्यापी रुपमा आन्दोलन छेड्न आनाकानी गरेको सम्म भन्न पछि परेनन् ।   

उनको स्वरमा स्वर मिलाउँदै थिए यता शेखर कोइरालाहरु । उनीहरु पनि देशव्यापी आन्दोलन गर्न ढिला भएको तर पार्टी भने सभापतिकै कारण अनिर्णयको बन्दी भएको जस्ता आरोप लगाइरहेका थिए । दृष्य यस्तो देखिन्थ्यो कि उनीहरु जिल्ला जिल्लामा गएर प्रधानमन्त्री ओलीको भन्दा बढी आफ्नै सभापतिको विरोध गर्ने गर्दथे ।

तर धैर्य थिए काँग्रेस सभापति देउवा । सभापति देउवाले यतिमात्र भने कि– यो संसद विघटन गर्ने सरकारको काम गैरसंवैधानिक छ, यसमा सरकारको कडा विरोध गर्नुपर्छ तर सर्वाेच्च अदालतलाई नै दबाब दिनेगरी काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले आन्दोलन गर्नु हुदैन । 

हो, सभापति देउवा त्यस समय निर्वाचनको पक्षमा देखिएका हुन् । तर यसको मतलव उनले अदालतले संसद विघटनको मुद्दालाई सदर गरिदेओस् र काँग्रेस चुनावमा जान्छ पनि भनेका होइनन् । उनको आसय यो थियो कि– मुद्दा अदालतमा छ, यदि संसद विघटन सदर भयो भने पनि काँग्रेस चुनावका लागि तयार हुनुपर्छ । 

यो भनेको संसदको पुनस्र्थापना हुनु हुदैन भनेको चाहिँ पटक्कै होइन । तर सर्वाेच्चले संसदको पुनस्र्थापना गरिदियो, काँग्रेसले स्वागत नै गर्यो । काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको यो अडान र निर्णय सन्तुलित र प्रजातान्त्रिक हो । यो परिपक्वतालाई देशका प्रजातान्त्रिक संस्कार भएका व्यक्ति र दलले पनि बडो प्रशंसा गरेका गरे, गरेकै छन् ।  

अब संसद पुनस्र्थापना भएपछि फेरि शुरु भयो सत्ताको खेल । त्यसका लागि प्रचण्डहरुको चलखेल राम्रैसँग बढ्यो । दुई पटक त उनीहरु देउवा निवास बुढानिलकण्ठ पुगेरै देउवालाई प्रधानमन्त्री बन्न अफर गरे । यस्तो अफर प्रचण्ड र माधव नेपालहरुले यसअघि रामचन्द्रलाई पनि गरेकै थिए । 

उनीहरु रामचन्द्रलाई प्रधानमन्त्री त होइन राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । संसद विघटन भएपछि संसद पुनस्र्थापनाको पक्षमा लाग्न र त्यसपछि बनेको सरकारको प्रचण्डको नेतृत्वको सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर निकाली पौडेललाई बनाउने आस्वासन उनीहरु दिएका थिए । 

तर यस्तो अस्वासनको पछि देउवा कहिल्यै लागेनन् । उनले स्पष्टै भने कि– काँग्रेस सरकारमा जाने हतारमा छैन तर प्रजातान्त्रि प्रणाली लिक आउट भयो भने त्यसले काँग्रेसलाई मात्र होइन देशलाई नै घाटा पर्नेछ । 

उनले देखिरहेका थिए कि सरकार बनाउन आवश्यक बहुमत काँग्रेस र माओवादी केन्द्रसँग मात्र छैन, उता माओवादीहरु पनि सरकारमाथिको विश्वासको मत फिर्ता लिएका छैनन् । अनि कसरी सरकार बनाउने ? प्रचण्डले जस्तो उधारो आवश्वास पाएपछि जसरी रामचन्द्र आफ्नै पार्टीका सभापतिका विरुद्धमा भाषण गर्दै उनीहरुको पक्षमा लागे, त्यस्तो गर्ने पक्षमा देउवा थिएनन् ।

हिजो प्रचण्डसँग मिलेर स्थानीय निर्वाचनमा जाँदाको अपजस अहिले पनि पौडेलहरुबाट ब्यहोर्नै परेको छ देउवालाई । प्रचण्डका कार्यकर्ताहरुले उनकी छोरीको मतपत्र च्यात्ने काम गरेपनि त्यसको अपजस पौडेलहरु रामचन्द्रलाई नै दिँदैछन् । फेरि प्रचण्डबाट त्यस्तो अपजस व्यहोर्ने पक्षमा देउवा थिएनन् र छैनन् ।

किनभने प्रचण्डहरुसँग कम्तीमा पनि प्रजातान्त्रिक सहकार्य हुदैन भन्ने विषयमा अहिले देउवा स्पष्ट छन् । त्यसैले उनले अहिले प्रधानमन्त्री बनिदिन पटक पटक प्रचण्डले गरेको आग्रहमाथि त्यति भरोसा देखेका छैनन् ।  

त्यसैले देउवाले आफू सरकारमा गैहाल्ने लालसा देखाएनन् । जसरी भए पनि सरकारमा पुगिहाल्ने रणनीति देउवाले अहिले कदापि बनाएका छैनन् । बरु उनी अहिले पनि निर्वाचनका लागि नै तयार छन् र यो सरकारको निरन्तरता चाहँदैनन् भन्ने स्पष्ट विचार पनि देखाएकै छन् । 

तर अहिले फेरि छटपटी भएको छ पौडेलहरुलाई । हिजो प्रचण्डहरुले पटक पटक प्रधानमन्त्री बनिदिनुपर्ने आग्रह बोकेर बुढानिलकण्ठ पुग्दा झस्किएका पौडेलले केही दिनअघि काँग्रेस यस्तो बेलामा सरकारमा जानु हुदैन भन्न थाले । उनीहरु देउवा प्रधानमन्त्री भएमा उनलाई फेरि पार्टी सभापति बन्न सजिलो हुने डर देखेर तर्सिएका थिए । जबकि देउवाले सरकारमा जाने सहमति प्रचण्डहरुसँग गरेकै थिएनन् । अहिले देउवा ढुक्क छन् कि काँग्रेस सरकारमा जाने होइन पार्टी बलियो बनाएर चुनावमा जानुपर्छ भनेर ।     

विपक्षीहरुले भन्दा पनि बढी नेपाली काँग्रेसले नै सधैँ सत्ताको पछि लाग्ने भनेर देउवाको विरोध गर्ने गर्दथे । विपक्षीहरु त देउवालाई सत्तामा जाने दाउ हेरी बस्ने सम्मको आरोप लगाउने गर्दथे । तर अहिले यी विरोधी स्वरहरुलाई देउवा राम्रो जवाफ दिएका छन् । उनी पार्टी बनाउँछु, अर्काे चुनावमा पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउँछु तर सत्ताको लागि लाग्दिन भनेर स्पष्ट सन्देश दिएका छन् । 

तर यतिखेर फेरि अर्काे रमाइलो के देखिएको छ भने रामचन्द्रहरु फेरि काँग्रेस सरकारमा जानुपर्छ भन्ने आवाज दिँदैछन् । उनको यो आवाजमा पौडेल पक्षका केही नेताहरु साथ पनि दिँदैछन् । र यसको दोष फेरि पनि देउवालाई नै दिँदैछन् र भन्दैछन् कि केपी ओलीसँग मिलेर देउवा सरकार हत्याउने काममा कम्मर कसेर लागेनन् रे । 

पौडेलहरुमा अहिले किन फेरि यस्तै बेचैनी बढेको हो थाहा भएन तर हिजो अस्ती पार्टीलाई भन्दा सत्तामा ध्यान दिएको भनेर सभापतिको विरोध गर्ने उनीहरु नै अहिले सभापतिले सत्तामा नगइ पार्टी बलियो बनाउने र अर्काे चुनावमा पहिलो पार्टी बनाउने भनेर लाग्दा उल्टै सरकारमै जानुपर्ने भन्दैछन् ।  

हिजो प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने भनेर आफ्नै सभापतिको विरोध गर्ने गरेका उनीहरु आज पार्टी बनाउँछु भन्दा पनि किन विरोध गरेका हुन् थाहा हुन सकेको छैन । बरु उनीहरुले समयमै महाधिवेशन सम्पन्न गर्नका लागि पार्टी सभापतिलाई सहयोग गरे हुने नि ।