• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

२४ घण्टासम्म चेन्नईको बाढीमा फसे आमिर खान



एजेन्सी । यतिबेला भारतको दक्षिणी शहर चेन्नई भारी वर्षा र आँधीबेहरीका कारण जलमग्न भएको छ ।

चेन्नईको बाढीमा बलिउड अभिनेता आमिर खान र तमिल अभिनेता विष्णु विशाल पनि फसेका थिए। बाढीका कारण पानी र बिजुली बिना आमिर त्यहाँ २४ घण्टा फसेका थिए ।

अभिनेता विशालले आफूहरुलाई तमिलमाडुको सुरक्षा विभागले डुंगाको सहायताले उद्धार गरेको सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै जानकारी दिएका छन् । सामाजिक सञ्जालमा भाईरलउक्त तस्बिरमा आमिर खान उद्धार डुङ्गामा देखिएका छन्। तस्बिरमा विष्णु आमिर खानसँगै अभिनेता लाल सिंह चड्डा पनि देखिएका छन् ।

चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण सामान्य जनजीवन अवरुद्ध भएको छ । स्थानीय सरकारी अधिकारीहरूले गर्भवती महिला र वृद्धवृद्धा र तल्लो क्षेत्रमा बसावबास गर्नेहरूलाई उद्धार गरेको बताएका छन् । बाढीपीडितको पुनस्स्थापनाका लागि सहरभर अस्थायी टहरा निर्माण गरिएको छ ।

मिचाउङ आँधीले बंगालको खाडीको छेउछाउको पूर्वी तटमा रहेका भारतका तीन फरक राज्यहरू, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका धेरै क्षेत्रहरूमा प्रतिकुल असर पार्ने सम्भावना छ ।