९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाही रणनीतिले पार्टी संकटबाट उम्किन कठिन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने निकै कठिनाइ हुने देखिएको छ ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेर निषेधको राजनीति अघि बढाएपछि सिंगो एमालेको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । एमालेभित्रको विवाद बढ्दै जाँदा पार्टीमा असन्तुष्ट पक्षलाई कारबाही गरेर तह लगाउने नीति प्रधानमन्त्री ओलीले लिए पनि यस्तो नीति लिनु र नलिनुको कुनै अर्थ नहुने राजनीतिक विश्लेषण छ ।

नेतृत्व लिनेले पार्टीलाई एकीकृत ढंगले नलैजाने हो भने कारबाही गरे पनि आगामी निर्वाचनमा एमालेले निकै ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ । यसबारे प्रधानमन्त्री ओलीले कारबाहीको रणनीति लिनुभन्दा मिलाउनतिरै लाग्नु उत्तम हुनेमा धेरै नेता सहमत देखिन्छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो पदलाई निरन्तरता दिन अवरोध पुर्याउन खोजेकै कारण कारबाहीको रणनीति लिएको अनुमान छ । प्रधानमन्त्री ओलीले कुनै पनि बेला संसद्मा विश्वासको मत लिँदा माधव नेपाल समूहबाट ह्विप उल्लंघन नै गर्छन् भन्ने शंका गरिरहेका छन् । नागरिक दैनिकमा समाचार छ ।