• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

चेन्नईमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो, विमानस्थल बन्द



एजेन्सी । भारतको दक्षिणी शहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

उनीहरुकाअनुसार चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मंगलवारसम्म बन्द गरिएको थियो भने विमानस्थलमा घुँडासम्म पानीले भरिएको थियो । विपरीत मौसमको कारण भारतीय समयअनुसार बिहान ९ बजेसम्म एयरफिल्ड आगमन र प्रस्थान सञ्चालनका लागि बन्द गरिएको छ ।

चेन्नईमा सामान्य जनजीवन अवरुद्ध भएको छ । स्थानीय सरकारी अधिकारीहरूले गर्भवती महिला र वृद्धवृद्धा र तल्लो क्षेत्रमा बसावबास गर्नेहरूलाई उद्धार गरेको बताएका छन् । बाढीपीडितको पुन:स्थापनाका लागि सहरभर अस्थायी टहरा निर्माण गरिएको छ ।

मिचाउङ आँधीले बंगालको खाडीको छेउछाउको पूर्वी तटमा रहेका भारतका तीन फरक राज्यहरू, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका धेरै क्षेत्रहरूमा प्रतिकुल असर पार्ने सम्भावना छ ।