२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय

बिभिन्न प्रदेशमा थप भएका पालिकामा निर्वाचन गराउन माग

बिभिन्न प्रदेशमा  थप भएका पालिकामा निर्वाचन गराउन माग
अ अ+ अ-

काठमाडौँ । अधिवक्ताद्वय मोहना अन्सारी र शैलेन्द्र प्रसाद अम्बेडकर (हरिजन) ले विसं २०७४ जेठ ११ गते नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनाअनुसार लुम्बिनी सहित बिभिन्न प्रदेशमा थप भएका केही गाउँपालिका तथा नगरपालिकामा निर्वाचन गर्न/गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले निर्वाचन आयोगमा बुझाउनुभएको ध्यानाकर्षण पत्रमा राजपत्रमा तराई/मधेशका केही जिल्लामा केही गाउँपालिका/नगरपालिका थप गरेको देखिएकाले सोही मितिको सेरोफेरोमा भएको लुम्बिनी प्रदेशको स्थानीय निर्वाचन लुम्बिनी प्रदेशमा थप भएको गाउँपालिका/नगरपालिकामा निर्वाचन हुन नसकेको उल्लेख छ ।

मधेश प्रदेशलगायतका केही अन्य प्रदेशमा निर्वाचन तेस्रो चरणको भएकाले थप पालिकाहरुमा निर्वाचन भई कार्यान्वयन भएको भन्दै उहाँहरुले राजपत्रमा प्रकाशित सूचनामा लुम्बिनी प्रदेशमा थप भएका पालिकाहरुमा निर्वाचन गराउन माग गर्नुभएको हो । ध्यानाकर्षण पत्रमा नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा थप भएका र कायम भएका पालिकाहरुमा निर्वाचन गराउन माग गरिएको छ ।