२१ मंसिर २०८२, आईतवार
,
Latest
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोगामेडी हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लियो



अ+ अ-

एजेन्सी । राजस्थान निर्वाचनको नतिजा आएको २ दिनपछि राज्यमा एउटा ठूलो आपराधिक घटना भएको छ । मंगलबार जयपुरमा राष्ट्रिय राजपूत कर्णी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेडीको हत्या भएको छ ।

यो सनसनीपूर्ण हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको छ । बिश्नोई गिरोहसँग सम्बन्धित गुण्डाहरू रोहित गोदारा र गोल्डी बरारको एक कथित पोस्ट सोशल मिडियामा भाइरल भइरहेको छ ।

रोहित गोदाराले लेखेको यो कथित पोस्टमा ‘हामीले यो हत्या गराएको हो’ भनिएको छ । ‘उनले हाम्रा शत्रुहरूलाई सहयोग गर्थे । हाम्रा ती सबै शत्रुहरूले अब घरको ढोकामा आरती तयार राख्नुपर्छ ।’ सो गिरोहले भनेको छ ।

सीसीटिभी फुटेजमा देखाइएअनुसार त्यहाँका दुईजना अपराधी अचानक सोफाबाट उठे, पिस्तोल निकालेर सुखदेव सिंहमाथि गोली हाने । उनले सोफामा बसेका गोगामेडीका साथीलाई पनि छातीमा गोली हाने । उनले नजिकै उभिरहेका आफ्ना सहायकमाथि पनि गोली प्रहार गरेका थिए । करिब २ मिनेटमा १७ राउण्ड गोली चलाएर गिरोह बाहिरिन थालेपछि सुखदेवसिंह गोगामेडीको सुरक्षा टोलीले चलाएको गोली लागेर एकजना अपराधीको मृत्यु भएको थियो ।

गोगामेडी पहिलो पटक आनन्दपाल मुठभेड प्रकरणपछि चर्चामा आएका थिए । त्यसबेला आनन्दपालको शवलाई लिएर धेरै दिनदेखि प्रदर्शन भएको थियो । त्यसपछि गोगामेडीको नाम निकै चर्चामा आयो ।

सुखदेवले फिल्म पद्मावतीको सुटिङको क्रममा चर्चित निर्देशक सञ्जय लीला भन्सालीलाई थप्पड हाने । सुखदेवले फिल्म पद्मावतीको विरुद्धमा निरन्तर मोर्चा सुरु गरे र देशभर विरोध प्रदर्शन गरे, जसको फलस्वरूप फिल्म निर्माताले फिल्मको नाम परिवर्तन गरेर पद्मावत गर्नुपर्‍यो र यसबाट धेरै दृश्यहरू हटाइयो ।

यसपछि गोगामेडी राजपूत समाजका युवाहरूमाझ निकै चर्चित अनुहार बने । सुखदेव सिंहले सन् २०१८ को चुनावमा भाद्रबाट भारतीय जनता पार्टीबाट टिकट मागेका थिए तर उनले पाएनन् ।