४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक
अ+ अ-

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरु पुग्ने गरेका छन् ।

काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन् ।

बेलायतबाट चरा हेर्न उपरदाङगढी आउनुभएका माइक होइटले काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बताउनुभयो । वातावरणका क्षेत्रमा काम गर्दै आउनुभएका होइटले भन्नुभयो, “नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, अन्य चराको अवस्था पनि राम्रो छ ।” उहाँले आफू चरा हेर्नकै लागि नेपाल आएको बताउनुभयो ।

उहाँले चरा संरक्षणमा समुदायको प्रमुख दायित्व हुने बताउनुभयो । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले चितवनको उपरदाङगडी काँडेभ्याकुरको बासस्थानको ‘हटस्पट’ भएको बताउनुभयो । “उपरपरदाङगढी प्रकृति प्रेमीका लागि उत्तमस्थल मानिन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन ।”

गिरीले आफू २० वर्षदेखि काँडेभ्याकुर हेर्न र पर्यटकलाई देखाउन यहाँ आउने गरेको बताउनुभयो । यहाँ पहाडी क्षेत्रमा पाइने जनावरको पनि अवलोकन गर्न पाइने उहाँको भनाइ छ । उहाँले उपरदाङगढी क्षेत्रलाई ‘बर्ड सेन्चुरी’को रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दैसंरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । उहाँले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याउनुभयो ।

खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाति हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ । मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ । हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्नेगर्छ  । चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चा र अण्डासहित काँडेभ्याकुर देखिएको नेपाल पंक्षीविद् सङ्घ बागमती प्रदेश संयोजक बासु विडारीले जानकारी दिनुभयो । उहाँले नेपालमा काँडेभ्याकुरको सङ्ख्या यतिनै छ भन्ने उल्लेख नभएको बताउनुभयो ।

“नेपालबाट लोप हुनलागेका एक सय ६८ प्रकारका चरा छन्”, उहाँले भन्नुभयो, “त्यसमध्ये काँडेभ्याकुरको संरक्षण पहिलो प्राथमिकतामा पर्नुपर्छ ।” विडारीका अनुसार काँडेभ्याकुरलाई दुर्लभ तथा लोपहुने जोखिमयुक्त चराको सूचीमा राखिएको छ ।

जमिन नजिक वा बाक्लो झाडीको तल्लो भागमा बस्न रुचाउने यस चराको प्रमुख आहारा किरा तथा फट्याङ्ग्रा हुन् । मार्चदेखि अप्रिल यस चराको प्रजनन् समय हो । एक सिजनमा तीनदेखि पाँच वटासम्म अण्डा पारी कोरल्ने गर्छ । सामान्य बेला लजालु हुने र झाडीभित्र लुकेर बस्ने यसले प्रजनन्का बेला भने झाडीको बाहिरी हाँगामा बसेर आवाज निकाल्छ । एउटाले आवाज निकाल्यो भने अरुले पनि आवाज निकाल्न थाल्छन् ।

प्रजनन्को समयमा यो चराले धेरै आवाज निकाल्छ । यही समयमा यसले बढी चहलपहल गर्छ । झाडी तथा घाँसे मैदानमा बस्न रुचाउने यो चराले आफ्नो गुण गहिरो बनाएको हुन्छ । सन् १८३६ मा हग्डसनमा वैज्ञानिकले काँडेभ्याकुरको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु गरेका थिए । अहिले पनि विभिन्न ठाउँमा यसको अध्ययन/अध्यापन र अनुसन्धान भइरहेका छन् ।

सन् १९५० तिर ठूलो सङ्ख्यामा देखिएको यो चराको सङ्ख्यामा हाल सङ्ख्या कम भएको छ । बढ्दो सहरीकरण, वनजङ्गल फँडानी र जथाभावी बनेका बाटाघाटाले यस चरालाई नकारात्मक असर पारेको विडारीको भनाइ छ । वनजङ्गलमा हुने आगलागी र चरा शिकार नियन्त्रण हुनुपर्ने उहाँको भनाइ छ । पर्यावरण र पर्यटन दुवैलाई उत्तिकै सहयोग पुर्‍याउने काँडेभ्याकुरबारे राम्रो अध्ययन गरेर स्थानीय बासिन्दालाई सचेत गराउनुपर्ने विडारीले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका वनमा चहारेर काँडेभ्याकुर हेर्न विदेशी पर्यटक आउनेक्रम बढेपछि गाउँपालिकाले यसको संरक्षणका लागि चासो देखाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले ‘इको टुरिजम’को विकास र संरक्षण आवश्यक रहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाले पनि सक्रियाताका साथ काँडेभ्याकुरको संरक्षणका लागि स्कुल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । “बालबालिकालाई चरा मार्न नहुने, गुँडको संरक्षण गर्नुपर्नेलगायतका कुरा जानकारी गराउनेछौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “काँडेभ्याकुरको संरक्षण गर्न सक्यौँ भने भावी पुस्ताको लागि यो अध्ययनको क्षेत्र पनि बन्नसक्छ ।” रासस