१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खान अभिनित फिल्म ‘डंकी’को ट्रेलर रिलिज (भिडियोसहित)



अ+ अ-

एजेन्सी । शाहरुख खान यस वर्षको आफ्नो अन्तिम र उत्सुकतापूर्वक प्रतिक्षा गरिएको फिल्म ‘डंकी’ लिएर आउँदैछन् । उनका पछिल्ला दुई फिल्म (पठान र जवान)ले ब्लकबस्टरको बेन्चमार्क कायम गरेका थिए, त्यसपछि फ्यानहरू अहिले ‘डंकी’ को पर्खाइमा छन् ।

यसैबीच फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ‘डंकी’ राजकुमार हिरानीले निर्देशन गरेको चलचित्र हो, जसमा हार्डी र उनका साथीहरूको सानो संसारको रोलर कोस्टर राइड यात्रा देखाइनेछ । राजकुमार हिरानी कमेडी र सामाजिक सन्देशसहितको सरल कथा देखाउनका लागि परिचित छन् र ‘डंकी’ मा पनि त्यही परम्परालाई अपनाइएको छ ।

कम्तिमा ट्रेलर हेरेपछि यस्तै लाग्छ । ट्रेलर सुरु हुन्छ शाहरुख खान ट्रेनबाट ओर्लिएपछि, जसले आफू र आफ्ना साथीहरूलाई लन्डन पठाउन थाल्छ ।

ट्रेलर ‘हार्डी’ (शाहरुख खान) बाट सुरु हुन्छ । उनी पञ्जाबको एउटा सुन्दर गाउँमा पुग्छन्, जहाँ उनका साथी मनु, सुखी, बग्गु र बल्ली छन् । तिनीहरू सबैको सपना छ, सबैजना लन्डन गएर आफ्नो परिवारलाई राम्रो जीवन दिनुपर्छ । आफ्नो सपना पूरा गर्न, सबैले अंग्रेजी सिक्न संघर्ष गर्न थाल्छन् । शिक्षक बनेका बोमन इरानी उनीहरूलाई यसका लागि तालिम दिन्छन् ।

यो क्रिसमसमा रिलिज हुने ‘डंकी’ शाहरुख खानको प्रोडक्सन कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’को ब्यानरमा गौरी खानले निर्माण गरेकी हुन् । चलचित्र डिसेम्बर २२ मा हलमा रिलिज हुनेछ । फिल्मले प्रभासको ‘सालार’सँग बक्स अफिसमा भिडन्त गर्नेछ ।