३ मंसिर २०८१, सोमबार
,
Latest
धनगढीमा सुदूरपश्चिम रोयल्सको भव्य र्याली – फोटोफिचर सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ? पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना/ विकासशील मुलुकमा स्तरोन्नतिका… प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’ बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा प्रदर्शन गर्न सक्ने सुराकपछि प्रवेश चेकजाँचमा कडाइ



अ+ अ-

काठमाडौँ । प्रहरीले सिंहदरबारमा सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ ।

असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्न सक्ने सुराकका आधारमा प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुमा कडा चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ ।

बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको हो ।