३ पुष २०८२, बिहीबार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रकेट’ जस्तो हाइपरसोनिक विमान बनाउँदै चीन



अ+ अ-

बेइजिङ । एक चिनियाँ कम्पनीले बेइजिङबाट न्यूयोर्कसम्म एक घण्टामा उडान भर्ने हाइपरसोनिक विमान बनाउने घोषणा गरेको छ ।

कम्पनीले अचम्मको सात हजार माइल प्रतिघण्टा (११ हजार २६५ किलोमिटर प्रतिघण्टा) को गतिमा उड्ने ‘रकेट विथ विङ्ग्स’ विमान डिजाइन गरिरहेको छ।

अर्को वर्ष यसको परीक्षण सुरु हुने दाबी गरिएको छ । सन् २०२४ सम्ममा यो हावामा उड्नका लागि तयार हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

द सनले स्पेस डट कमको रिपोर्टलाई उद्धृत गर्दै यो भविष्यको विमान एक अन्तरिक्ष यातायात फर्मद्वारा विकसित गरिरहेको बताएको छ ।

यो दशकको अन्त्यसम्ममा एक छेउबाट अर्को छेउमा उडान सुरु हुने विश्वास गरिएको छ ।कम्पनीले सार्वजनिक गरेको एउटा भिडियोमा रकेटको पखेटाबाट उड्ने विमानको एनिमेसन देख्न सकिन्छ । 

टेकअफपछि विमान रकेट–सञ्चालित पखेटाबाट अलग हुन्छ र आफ्नो गन्तव्यतर्फ जान्छ । पखेटा र बूस्टर त्यसपछि प्रक्षेपण प्याडमा फर्किन्छन्।

आफ्नो गन्तव्यमा पुगेपछि विमान अगाडिको तीन खुट्टा प्रयोग गरेर अवतरण गर्दछ।

चीनको राजधानी न्यूयोर्कलाई एक घण्टामा जोड्न सकिने कम्पनीको दाबी छ । “हामी उच्च–गति, पोइन्ट–टु–पोइन्ट यातायातका लागि पखेटा रकेट विकास गर्दैछौँ”, फर्मले चिनियाँ मिडियालाई भन्यो।

यो स्याटेलाइट बोक्ने रकेटभन्दा सस्तो र परम्परागत विमानभन्दा छिटो हुनेछ ।

हाइपरसोनिक एयरक्राफ्ट चीनको उच्च–प्रविधि योजनाहरूको मुख्य भाग हो किनभने देशले यस क्षेत्रमा ठूलो मात्रामा पैसा र स्रोतहरू खन्याएको छ।

गत वर्षको अन्त्यमा मात्र एक घण्टामा १० जना मानिसलाई पृथ्वीको कुनै पनि ठाउँमा बोक्न सक्ने विमान बनाउने योजना सार्वजनिक भएको थियो।

 साउथ चाइना मर्निङ पोस्टले प्रस्तावित १४८ फिट हाइपरसोनिक विमान बोइङ ७३७ भन्दा ठूलो रहेको र यसको मुख्य भागमा दुईवटा इन्जिन राखिएको बताएके छ। एजेन्सी