११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रकेट’ जस्तो हाइपरसोनिक विमान बनाउँदै चीन



अ+ अ-

बेइजिङ । एक चिनियाँ कम्पनीले बेइजिङबाट न्यूयोर्कसम्म एक घण्टामा उडान भर्ने हाइपरसोनिक विमान बनाउने घोषणा गरेको छ ।

कम्पनीले अचम्मको सात हजार माइल प्रतिघण्टा (११ हजार २६५ किलोमिटर प्रतिघण्टा) को गतिमा उड्ने ‘रकेट विथ विङ्ग्स’ विमान डिजाइन गरिरहेको छ।

अर्को वर्ष यसको परीक्षण सुरु हुने दाबी गरिएको छ । सन् २०२४ सम्ममा यो हावामा उड्नका लागि तयार हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

द सनले स्पेस डट कमको रिपोर्टलाई उद्धृत गर्दै यो भविष्यको विमान एक अन्तरिक्ष यातायात फर्मद्वारा विकसित गरिरहेको बताएको छ ।

यो दशकको अन्त्यसम्ममा एक छेउबाट अर्को छेउमा उडान सुरु हुने विश्वास गरिएको छ ।कम्पनीले सार्वजनिक गरेको एउटा भिडियोमा रकेटको पखेटाबाट उड्ने विमानको एनिमेसन देख्न सकिन्छ । 

टेकअफपछि विमान रकेट–सञ्चालित पखेटाबाट अलग हुन्छ र आफ्नो गन्तव्यतर्फ जान्छ । पखेटा र बूस्टर त्यसपछि प्रक्षेपण प्याडमा फर्किन्छन्।

आफ्नो गन्तव्यमा पुगेपछि विमान अगाडिको तीन खुट्टा प्रयोग गरेर अवतरण गर्दछ।

चीनको राजधानी न्यूयोर्कलाई एक घण्टामा जोड्न सकिने कम्पनीको दाबी छ । “हामी उच्च–गति, पोइन्ट–टु–पोइन्ट यातायातका लागि पखेटा रकेट विकास गर्दैछौँ”, फर्मले चिनियाँ मिडियालाई भन्यो।

यो स्याटेलाइट बोक्ने रकेटभन्दा सस्तो र परम्परागत विमानभन्दा छिटो हुनेछ ।

हाइपरसोनिक एयरक्राफ्ट चीनको उच्च–प्रविधि योजनाहरूको मुख्य भाग हो किनभने देशले यस क्षेत्रमा ठूलो मात्रामा पैसा र स्रोतहरू खन्याएको छ।

गत वर्षको अन्त्यमा मात्र एक घण्टामा १० जना मानिसलाई पृथ्वीको कुनै पनि ठाउँमा बोक्न सक्ने विमान बनाउने योजना सार्वजनिक भएको थियो।

 साउथ चाइना मर्निङ पोस्टले प्रस्तावित १४८ फिट हाइपरसोनिक विमान बोइङ ७३७ भन्दा ठूलो रहेको र यसको मुख्य भागमा दुईवटा इन्जिन राखिएको बताएके छ। एजेन्सी