२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी बबई डाइभर्सनको अवलोकनपछि ओली: गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन



अ+ अ-

काठमाडाै‌ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ ।

महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको हो । अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताउनु भयो ।

उहाँले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आयोजनाको ट्रनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदिशक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो । हाम्रा इन्जियिनर र हाम्रा काम गर्ने साथीहरु सबैको प्रयासबाट ट्रनेल ब्रेक थ्रु सयमा भयो । ३ वर्षअद्धि नै ट्रनेल ब्रेक थ्रु गरिएको हो । यो आयोजना कोभिड पनि ढिला गरेको हो । तर त्यो भन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ । यसको पनि प्रगति विवरणबारे जान्न चाहेका हौँ । यहाँको कामको गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन । यसमा एकदम राम्रोसँग काम अघि बढाउनुपर्छ । गुणस्तरमा कम्परमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशिघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् ।’

भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।