१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

बेइजिङ ओलिम्पिक्सः कोभिड–१९ र बहिष्कारबीच शीतकालीन खेलहरू सुरु

बेइजिङ ओलिम्पिक्सः कोभिड–१९ र बहिष्कारबीच शीतकालीन खेलहरू सुरु
अ अ+ अ-

बीबीसी । दशकौँदेखि सर्वाधिक विभाजित विषय बन्दै आएको शीतकालिन ओलिम्पिक्स खेल शुक्रवारबाट चीनमा सुरु भएको छ।

बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलिम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ। साथै कोभिड–१९ को नियन्त्रण, मानवअधिकार हनन्‌को आरोप र ‘कूटनीतिक’ बहिष्कारका कारण ओलिम्पिक्समा राजनीतिक छाया पनि परेको छ।

ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका अधिकांश हिउँ मानवनिर्मित हुन्। बन्द स्थानमा बनाइएका ुरिन्कुमा चिस्यान कायम गर्न ठूला फ्रिजर प्रयोग गरिएको छ।

तर छ वर्षीया आइस स्केटर यीयीलाई भने बेइजिङले शीतकालीन खेलहरू कसरी गराउँदैछ भन्ने कुराको वास्ता छैन।

उनलाई खेल हेर्न हतार छ। पहिलो पटक सहरमा ओलिम्पिक्स हुँदा उनी जन्मिएकी पनि थिइनन्। तर अहिले उनी यसबाट प्रेरित छिन्।

‘यो निकै थकाइलाग्दो छ तर उनले खेल जारी राखिन्’, उनकी आमाले छोरीले प्रशिक्षकसँग लिएको तालिम हेरेपछि भनिन्। ‘उनी हरेक चाल नसिकी छाड्ने पक्षमा थिइनन्। उनले हार मानिनन्।’

कोभिडको डर
तर उनको जोस यसपटक तालिममै सीमित रहँदैछ। किनकि यीयी र उनकी आमा कुनै पनि कार्यक्रमहरूमा सहभागी हुन पाउने छैनन्।

बेइजिङमा शीतकालीन ओलिम्पिक्स त हुँदैछ तर लगभग सबैजना यसबाट बाहिर छन्।

चीनले ‘शून्य कोभिड’ को अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेको छ।

त्यसैले अधिकारीहरूले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट नबेच्ने निर्णय गरेका छन्।

सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारी मात्र खेल हेर्नका लागि आमन्त्रित छन्। उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ।

कडा नियम
त्यसैले यीयीकी आमा खेलहरू टीभीमा मात्र हेर्नुपर्ने हुँदा निराश छिन्। यीयी भने खेल हेर्न पाउने कुरामा आशावादी सुनिन्छिन्।

दर्शकहरू चीनको कोभिड–१९ रोकथामका लागि जारी कडा नियमहरूको एउटा पाटो मात्र हुन्।

सङ्क्रमण रोकथामका लागि गरिएका प्रयासहरूले खेलाडी र अधिकारीहरूलाई कडाइका साथ व्यवस्थापन गरिएका ‘परिधि’मा राखेको छ।

उनीहरू त्यहाँबाट निस्किन पाउँदैनन्। चौघेराभित्र यात्रा गर्नका लागि आधिकारिक कार वा बस प्रयोग गर्नेहरूलाई अरू मानिससँग सम्पर्क भएको अवस्थामा गाडीभित्रै रहन निर्देशन दिइएको छ।

बहिष्कार
चीनको मानवाधिकार सम्बन्धी विवरणहरूबारे हाल अन्तर्राष्ट्रिय रूपमा विरोध भइरहेको छ। अमेरिका, ब्रिटेनसहित एक दर्जनभन्दा बढी देशका वरिष्ठ अधिकारीहरू कार्यक्रममा सहभागी हुँदैनन्।

चीनका नेताहरू र सरकारी सञ्चारमाध्यमले यस ‘कूटनीतिक बहिष्कार’ लाई ‘राजनीतिकरण’को सङ्ज्ञा दिएका छन्।

यीयीसँगै स्केटिङ रिन्कमा रहेका छोरालाई हेरिरहेका एक बुबाले खेललाई राजनीतिसँग जोड्न नहुने धारणा राखे।

उनले भने, ‘खेल सबैका लागि हो र हामी सहभागी हुनुपर्छ, हेर्नुपर्छ। राजनीति भनेको अलग कुरा हो।’

बेइजिङ २०२२ को नारा रहेको छः साझा भविष्यका लागि एकसाथ।

यो राष्ट्रपति सी जिन्पिङको राजनीतिक मूल नारा ‘मानवजातिका लागि साझा भविष्य निर्माण’ जस्तै सुनिन्छ।

यस नारालाई हाल बेइजिङका बस बिसौनी, सहरका भित्ताहरूमा देख्न सकिन्छ। सरकारी सञ्चारमाध्यमको प्रचार सामग्रीमा समेत उक्त नारा समेटिएको छ।

उइगरबारे चर्चा
‘टुगेदर’ नाम दिइएको भिडिओ अनलाइनमा भेटिन्छ जसमा मुस्कुराइरहेका बालबालिका, गाउँदै नाचेको देख्न सकिन्छ। उक्त भिडिओ गत महिना सरकारद्वारा शिन्जियाङमा सार्वजनिक गरिएको थियो। त्यहाँ अल्पसङ्ख्यक उइगर मुस्लिम समुदायविरुद्ध नरसंहार भएको आरोपको चीनले खण्डन गर्दै आएको छ।

अमेरिकी खेलाडीहरूसँग नजिक रहेका एक पूर्वओलम्पियनले केही खेलाडीहरू त्यो क्षण ‘साझा’ गर्नुपर्दा आत्तिएको बताए।

नोह होफम्यानले बीबीसीसँग भने, ‘खेलाडीहरूले खेलमा बोल्छन् वा उनीहरू बोल्नुपर्छ जस्तो मलाई लाग्दैन। म त्यहाँ भएको भए म पनि चुप रहन्थेँ।’

ति बत्तीस वर्षीय स्की खेलाडीले २०१४ र २०१८ को खेलमा अमेरिकाको प्रतिनिधित्व गरेका थिए। अहिले उनी खेलाडीहरूका लागि वकालत गर्छन्।

‘जोखिम निकै उच्च छ‘ यो अन्तर्राष्ट्रिय ओलम्पिक समितिको असफलता हो। र नेतृत्वको असफलता हो जसका कारण खेलाडीहरू यो स्थितिमा छन्,’ उनले भने।

उनले यसबारे ओलिम्पिक्समा सहभागी खेलाडीहरूसँग कुरा गरिरहेका छन्। उनीहरूले आफूसँग सिर्जित तनाव यसअघि कहिल्यै अनुभव नगरेको बताएको सुनाए।

एक धावकलाई उद्धृत गर्दै उनले भने, ‘खेल वा खेलाडीको प्रस्तुतिबारे एक पटक पनि छलफल भएको छैन।’

चेतावनी
तयारी बैठकहरू सबै कोभिड–१९ का नियम र व्यक्तिगत सुरक्षाबारे केन्द्रित थिए।

खेलाडीहरूले आफ्नो चिन्ता व्यक्त गर्न केही परिमार्जित नियमहरू छन् तर खेलाडीले खेल्ने स्थानभन्दा बाहिर छन्। चिनियाँ अधिकारीहरूले खेलाडीलाई हरबखत नियम पालना गर्नुपर्ने चेतावनी दिएका छन्।

नोह होफम्यानले खेलाडीहरू चीनको हजारौँ अल्पसङ्ख्यक मुस्लिम उइगुरहरूलाई सामूहिक जेल चलान गरिएको र कथित ‘घृणित’ दुर्व्यवहारविरुद्ध ‘बोल्न स्वतन्त्र रहेको’ कुरा बेठिक भएको बताए।

पहिलाको जस्तै
चिनियाँ राष्ट्रपति सी जिन्पिङले प्रभावकारी र सुरक्षित खेलको वाचा गरेका छन्। धेरै किसिमले यो पहिलाको ओलिम्पिक्सजस्तै देखिएको छ।

ओलिम्पिक मसाल केही दिनअघि बालियो। खेलको प्रचार सहरभरि देख्न सकिन्छ। ओलिम्पिक रिङ अङ्कित सामग्रीहरू पसलका विभिन्न सामान र सेवाहरूमा प्रयोग भएको देख्न सकिन्छ।

तर सधैँ ठन्डीमा हुने यस कार्यक्रम यस वर्ष झनै चिसिएको छ। किनभने यो खेल विश्वमञ्चको त्यस्तो ठूलो चिरा हो जसको जसको एकातर्फ चीन र अर्कोतिर अमेरिका छ।

निर्मित चौघेराभित्र खेलाडीहरू केवल आफ्नो खेलमा केन्द्रित छन्।